मास्टरसेफ सन्तोष साहले जनकपुरमा मिस्टिक मिथिला होटेल सञ्चालनमा फोटो फिचर सहित
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, कार्तिक २० गते । बिबिसी मास्टरसेफ सन्तोष साहले मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिस्टिक मिथिला होटेल सञ्चालनमा ल्याएका छन् ।
मिथिला थालीको सफलतापछि आज जन्मदिनको अवसरमा आइतबारबाट मास्टरसेफ साहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ भानुचोक स्थित मिस्टिक मिथिला होटेलको शुभारम्भ गरेका हुन् ।
मिस्टिक मिथिला होटेलको उद्घाटन ८० वर्षीय चन्दा देवी मुरारका र मास्टरसेफ सन्तोष साहले संयुक्त रूपमा उद्घाटन गरेको हो।
भारतका विभिन्न प्रान्तका परिकार पस्किँदै पर्यटन प्रबर्द्धन र जनकपुरधामको विकासमा टेवा पु¥याउने उद्देश्यले होटेल सञ्चाचालनमा ल्याएको मास्टरसेफ साहले बताए ।
‘लाइभ म्युजिकसहितको काठमाडौंजस्तै यो नयाँँ एडिसन बनाएको छु, विदेशमा ख्याती कमाएका इन्डियन फुड स्पेशलाइज्ड सेफहरु हामीले राखेका छौँ,’ मास्टरसेफ साहले भन्नुभयो , ‘हामीले जनकपुरधाममा खाने र बस्ने ठाउँ बनाइसक्यौँ अब सरसफाइमा काम गर्ने योजना रहेका बताए ।
मिस्टी मिथिलामा जनकपुरमै पहिलो पटक ब्याम्बो बिरयानी र पर्दा बिरियानी समेत पस्किन थालिएको संचालक सदस्य दिलिप साहले बताए ।
जनकपुरधामका व्यापारी नवल मुरारका र सेफ सन्तोषको संयुक्त रुपमा उक्त होटेलमा ९ करोड रुपैँयाको लगानी रहनुभएको छ।
मिस्टी मिथिलामा ३ स्वीटरुम र ८ वटा डिलक्स रुम सहित १७ वट कोठा रहेको संचाक समितीका सदस्य दिलिप कुमार साहले बताए ।
स्वीट रुमको एक दिनको अधिकतम ३ हजार ५ सय रुपैयाँ तोकिएको छ। भने डिलक्स रुमको २ हजार देखि २ हज पाँच सय सम्म रुमरहेको मास्टर सेफ साहले बताए ।
यसअघि गत असारमा साहले रामानन्द चोकस्थित मिथिला थाली संचालनमा ल्याएका थिए।
‘जनकपुरधामको संस्कृति र मौलिकतालाई प्रवद्र्धन गर्न मसँग दुईवटा विकल्प थियो। कि सिकाउँदै जाने कि आफै किन नगर्ने अनि अरुले हेरेर सिक्ने। मैले दोस्रो विकल्प रोजे,’ मास्टरसेफ साहले भन्नुभयो, ‘मिथिला थालीमा मैले नसोचेजतिको सफलता पाएँका छौ।
प्रत्येक दिन कम्तीमा पाँच सय जनाले त्यहाँ खाना खान्छन्। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सैंकडोले रोजगार पाएको मास्टरसेफ साहले बताए ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
