+977 9854027065 | akulpdsah@gmail.com

गोपाल धर्मशालामा प्रदेश स्तरीय महिला हस्तकला मेला र प्रदर्शनी आयोजना हदै

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2050 Views

कमल साह
जनकपुरधाम, माघ ३० गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम को ऐतिहासिक स्थल गोपाल धर्मशालामा भोलीदेखि चारदिवसीय महिला हस्तकला मेला र प्रदर्शनी हुन गईरहेको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा हुन लागेका चार दिवसीय मेला तथा प्रदर्शनीमा महिलाहरुबाट उत्पादित हस्तकला वस्तुको आन्तरिक बजार विकासको साथै अन्तराष्ट्रिय बजार प्रवद्र्धनको निमित्त रहेको आज आयोजित पत्रकार सम्मेलनमा हस्तकाला महासंघ का उपाध्यक्ष समन शाक्यले जनाएको छ ।
उहाँले स्थानीय कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन, महिला उद्यमी व्यवसायीहरुलाई बजारमा पहुँचको अवसर, उद्योग व्यवसाय गर्न पे्ररित गर्ने, विपन्न वर्गका महिला उद्यमीहरु र तिनका परिवारहरुलाई लघु, घरेलु हस्तकला उद्योग प्रति आकर्षित गर्नु मेलाको मुख्य उद्देश्य रहेको जनाएका हुन ।
हस्तकाला महासंघ का सदस्य एवं मेला संयोजक सविता सिंह महर्जन र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश प्रदेश २ का निर्वतमा सभापति शिवशंकर प्रसाद साह(हिरा) को उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा २०७७ फागुन २ देखी ४ गतेसम्म जनकपुरधामको गोपाल धर्मशालामा प्रदेश स्तरीय मेला प्रदर्शनी आयोजना हुने जनएको हो । प्रदेश नम्बर २ को ८ वटै जिल्लाका महिलाहरुबाट उत्पादित मिथिला आर्ट,माटाका भाँडा, लाहाका गरगहनाहरु,बांसबाट बनाएको सामग्री,प्राकृतिक रेसाका बस्तु, चाँदीका गरगहना,फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तिजन्य वस्तु, हाते कागजजन्य वस्तु लगायतका प्रदर्शनीमा राख्ने छन् । मेलामा जम्मा ५० वटा स्टाँलहरु रहने छन । मेलामा झण्डै २५ हजार आगन्तुक आउने अनुमान गरिएका छन् ।
सो मेलाको समुद्घाटन तथा समापन महिला वाबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले गरिने कार्यक्रम रहेको हो । प्रदर्शनीमा स्टाँल र प्रवेशका लागी निःशुल्क गरिएको छ । उक्त मेला तथा प्रदर्शनी प्रदेश २ को समाजिक विकास मन्त्रालय,जनकपुरधाम उप–महानगरपालिका,अन्तराष्ट्रिय श्रम संगठन र एन.एम.बी बैक लि.को सहयोग र नेपाल उद्योग वाणिज्य महासंघ,जउँवा संघ,धनुषा हस्तकला संघ, गणेश युवा कमिटी लगायतको सहकार्यका आयोजना हुनगईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

11 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

22 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले