+977 9854027065 | akulpdsah@gmail.com

वरिष्ठ पत्रकार नेपालीको स्मृतीमा टी २० क्रिकेट टुर्नामेन्ट आजबाट आरम्भ चुरेजलाधार क्षेत्रमा वृक्षरोपणको लागि दबाबस्वरुप पत्रकार र जनप्रतिनिधी बीच मैत्री पूर्ण खेल अन्तिम दिन हुने

8 महीना पहिले प्रकाशित

Akul Prasad Sah

265 Views

कमल साह
जनकपुरधाम, मसिंर २० गते । प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार राजेश्वर नेपालीको स्मृतीमा जनकपुरधाम उपमहानगर पालिका वडा नंं २३ बेला स्थित महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता आजबाट आरम्भ भएको छ ।
आजबाट आरम्भ भएको पालिका स्तरीय प्रतियोगीताको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले उद्घाटन गर्दै उपमहानगरपालिकाले खेलको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।
उहाँले कलमको माध्यमबाट संघीयताको लागि आन्दोलन चलाउने मात्र होईन कि समाजको सामाजिक,आर्थिक लगायतका उत्थानका लागि निरंन्तर बरिष्ठ पत्रकार स्व.राजेश्वर नेपाली लाग्नु भएको ले उनि आज माहामाना बन्नु भएको बताउनु भयो ।


दुधमति युवा क्लवद्वारा आयोजना गरिएको महामाना राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्टमा धनुषा र महोत्तरीका कूल १६वटा टिम सहभागि भएको छ । र अन्तिम १३ दिन तराई मधेशका जलाधार क्षेत्र भनेर चिन्ने चुरे क्षेत्रमा सरकारले बढी भन्दा बढी वृक्षारोपण गर्न तर्फ पहल गरोस् उद्येश्य राखेर पत्रकार र जनप्रतिनिधी बिच मैत्रीपूर्ण खेल आयोजना हुनेछ ।

नेपालको पत्रकारिता इतिहासमा स्वर्गीय राजेश्वर नेपालीको ठूलो योगदान रहेको बताउँदै मेयर साहले वहाँको स्मृतीमा क्रिकेट टुर्नामेन्ट हुन लागेकोमा खुशी व्यक्त गर्नुभयोे ।
उहाँले आज माहामान राजेश्वर नेपाली को स्मृतिमा क्रिकेट टुर्नामेन्ट हुन लागेको मा खुसी व्यक्त गर्दै भन्नुभयो यस खेलबाट युवाहरुमा उर्जा अवश्य थापिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नगरका युवाहरुलाई उत्साहित पार्नको लागि खेलकुद मैदानलाई व्यवस्थित बनाउन वडा कार्यालयहरूलाई आग्रह गर्नुभयो ।
सो कार्यक्रमको अध्यक्षता गर्दै स्व. नेपालीका सुपुत्र तथा वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले युवाहरूलाई कुलतबाट जोगाउन खेलकुद महत्वपूर्ण माध्यम भएकाले खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको भन्नुभयो ।
प्रतियोगिताको उद्घाटन सत्रमा दुधमति युवा क्लवका अध्यक्ष एवं सो टुर्नामेन्ट खेलका संयोजक प्राध्यापक रमेश साह स्वागत मन्तव राख्नु भयो । त्यसमा स्थानीय अगुवा युवा केवल शर्मा, बरिष्ठ पत्रकार श्रीनारायण साह प्राध्यापक सुरेश साह लगायतका वक्ताहरूले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको नाममा भइरहेको प्रतियोगिताको प्रशंसा गर्नुभयो ।
प्रतियोगीताको दौरान अगामि २९ गते नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको सामुने पत्रकार तथा जनप्रतिनिधीहरु बिच मैत्रीपुर्ण क्रिकेट प्रतिस्पर्धा हुने वडा अध्यक्ष साहले जानकारी गराउनु भयो । चुरे संरक्षणका लागि पत्रकार र जनप्रतिनिधी अग्रसर हुनपर्ने उद्देश्यलाई दर्शाउन पत्रकार र जनप्रतिनिधीहरु बिच प्रतियोगीता हुने जस्मा प्रतियोगीता बारे दैनिक प्राथमिकताका साथ सामाचारलाई स्थान दिने मिडियाका पत्रकार र जनप्रतिनिधीको सहभागिता हुने उहाँले बताउनु भयो । सो खेलका विजेता लाई ११ हजार पुरस्कारबाट पुरस्कृत हुने घोषणा पनि उहाँले गर्नुभयो ।
आजको खेल महोत्तीको अल्लिपट्टी र बल्बासर्पलो बीच भएको छ ।
बिहिवारका दिन धनुषाको बगेबा र बसहिया बीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मधेश प्रदेशको राजधानी जनकपुरधाममा पासोलागी एक महिलाको ..

धिरेश दत्त, जनकपुरधाम, साउन ९ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक महिलाको मृत्यु भएको छ ।जनकपुरधामको वार्..

2 दिन पहिले

गीतकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान

कमल साह जनकपुरधाम,श्रावण ९ गते । साहित्यकार एवं पत्रकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान पुरस्कार पाउने ..

3 दिन पहिले

बाल कविता ः अनमोल ज्ञान

लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा नगर भुल बाबु नगएर स्कुल ।पाउदैनौ ज्ञान तिमी कहिले बिल्कुल ।।अन्य क..

30 दिन पहिले

कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

प्रिंन्स मिश्रा, कपिलवस्तुकपिलवस्तु, असार १२ गते ।कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। खेतमा..

1 महीना पहिले

जसपाको महाअधिवेशन चौथो दिनमा पनि अधुरै कार्यसमिति अब चय..

कमल साहजनकपुरधाम,जेष्ठ ३२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन दिने एकता महाअधिवेशन चौथो दिनसम्ममा अधुर..

1 महीना पहिले