+977 9854027065 | akulpdsah@gmail.com

१० वर्षमुनीका बालबालिकाले ’चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट निःशुल्क

12 महीना पहिले प्रकाशित

Akul Prasad Sah

513 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, मंसिर २६ गते । पुस २६ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ’चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ ।
फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका रहेको छ।
फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो। टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशूल्क भएपनि अभिभावकका लागि भने शुल्क लाग्ने छ।
यो सँगै ’चित्रा’ नाम नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा ३ वटा टिकट निशुल्क पाउने घोषणा फिल्मका कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिए।
उनले यो घोषणा व्यापारिक रणनीतिका लागि मात्र नभई आफ्नो फिल्म धेरै भन्दा धेरै दर्शकहरुले हेरुन् भन्ने उदेश्यसँगै नेपाली बालबालिकाहरुलाई सानैदेखि नेपाली फिल्म हेर्नुपर्छ र साँच्चै राम्रा नेपाली फिल्मको कमी छैन भन्ने सन्देशका लागि गरेको बताए।
’यसले नेपाली फिल्मको प्रवर्धनमा सहयोग पुग्ने मेरो विश्वास छ। यसका साथै यसले प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ’, उनले भने,’म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ ।’
’चित्रा’लाई आशिष थापा मगरले निर्माण गरेका हुन् ।
फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ भने संगीतकार राजनराज शिवाकोटी हुन् ।
महेश पौडेलले छायाँकन गरेको फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ। फिल्ममा पार्श्व संगीत शैलेश श्रेष्ठको छ ।
सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मलाई केदार पराजुलीको श्री कृष्ण फिल्म्सले वितरण गर्नेछ ।
यस्तै फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मुख्यमन्त्री सिंहको कार्यशैली प्रति गठबन्धनमै असन्तुष..

कमल साहजनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यशैलीबाट सत्तारुढ गठबन्धन ..

5 दिन पहिले

बाह्रौ वनदेवी माई अध्यक्ष गोल्ड कप सम्पन्न ः जनसेबी युवा..

शर्मिला घिमिरे, महोत्तरी, बर्दिबास, कार्तिक २५ गते । वनदेवी माई युवा क्लब बटेश्वर , सीतापुरले आयोजना गरेको बाह्रौ ..

11 दिन पहिले

लोहरपट्टीका अवकाश प्राप्त कर्मचारीहरु सम्मानित

कैलास दास, जनकपुरधामजनकपुरधाम, कार्तिक १९ गते । महोत्तरीको लोहरपट्टी नगरपालिकाका अवकाश प्राप्त कर्मचारीहरुलाई ..

16 दिन पहिले

जनकपुरधाममा अन्नकुट पर्वमय

कमल साहजनकपुरधाम, कार्तिक १५ गते । कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि शनिबार का दिन जनकपुरधाम स्थित का मठ मन्दिरमा ..

18 दिन पहिले

मैथिली साहित्य सृजक अशोक दत्त लाई कर्मयोगी पुरस्कार

कमल साहजनकपुरधाम,कार्तिक ८ गते । मैथिली गीत, फिल्मी कथा एवम् सम्वाद लेखन गर्दै आउनु भएको साहित्यकार अशोक दत्त ‘क..

28 दिन पहिले