महामाना राजेश्वर नेपाली टी २० क्रिकेट प्रतियोगिता को ७ दिन को खेलमा महदैया टिम विजयी
कमल साह
जनकपुरधाम, मंसिर २६ गते । नेपाली पत्रकारिता जगतका भीष्म पितामह , प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा जारी महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको सातौं दिनको खेलमा महोत्तरीको महादैया क्रिकेट टिम विजयी भएको छ ।
मंगलबार महोत्तरीको महदैया र धनुषाको ललिया क्रिकेट टिमबीच भएको खेलमा महँदैया क्रिकेट टिम ५० रनले जीत हासिल गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको माहादैया क्रिकेट टिमले प्रस्तुत गरेको १७० रनको लक्ष्य पछयाउने क्रममा लालिया क्रिकेट टिम १२० रनमै अल आउट भएपछि महादैया क्रिकेट टिमको जीत दर्ज भएको हो ।
उक्त खेलमा म्यान अफ दी म्याच माहदैया क्रिकेट टिमका दिपेशलाई घोषित गरिएको थियो ।
दूधमती युवा क्लब जनकपुरधाम २३ वेलाको आयोजनामा जारी रहेको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ वटा क्रिकेट टिमको सहभागिता रहेको छ ।
१३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनु भएको छ।
उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
27 दिन पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
1 महीना पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
1 महीना पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
5 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
5 महीना पहिले
संवाददाता
