महामाना राजेश्वर नेपाली क्रिकेट प्रतियोगिताको ८ औं दिन को खेलमा बेला टिम विजय
कमल साह
जनकपुरधाम, मंसिर २७ गते । नेपाली पत्रकारिता जगतका भीष्म पितामह , प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा जारी महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको आठौं दिनको खेलमा धनुषाको बेला क्रिकेट टिम विजयी भएको छ ।
बुधवार धनुषाको बेला र महोत्तरीको अलिपट्टी क्रिकेट टिमबीच भएको खेलमा बेला क्रिकेट टिम ३२ रनले जीत हासिल गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बेला क्रिकेट टिमले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछयाउने क्रममा अलिपट्टी क्रिकेट टिम १ सय २४ रनमै अल आउट भएपछि बेला क्रिकेट टिमको जीत दर्ज भएको हो ।
उक्त खेलमा म्यान अफ दी म्याच अलिपट्टी क्रिकेट टिमका गौतम मिश्रलाई घोषित गरिएको थियो ।
दूधमती युवा क्लब जनकपुरधाम २३ वेलाको आयोजनामा जारी रहेको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ वटा क्रिकेट टिमको सहभागिता रहेको छ ।
१३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि विजेतालाई ५५ हजार ५ सय ५५ र उपविजेतालाई २५ हजार ५ सय ५५ रुपैयाको पुरस्कार , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनु भएको छ।
उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने बताउनु भएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
