+977 9854027065 | akulpdsah@gmail.com

उखुको मुल्य ७५० हुनु पर्ने माग सहित इस्तिहार आमरण अनसनमा

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

982 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २ गते । उखुको मुल्य प्रतिक्विन्टल ७५० हुनु पर्ने माग सहित शेष इस्तिहार आमरण अनसनमा बसेका छन् । हरिवन ११ निवासी इस्तिहार आज (सोमवार ) बिहान देखी ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन बसेका हुन् । अनसनकारी इस्तिहारको उखुको मूल्य प्रतिक्वीन्टल ७५० रुपैंया हुनुपर्ने, सरकारले गत सिजनकै दिन बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको प्रर्वधन शब्द हटाई नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषि योग्य जमीनमा सिंचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मल खाधको प्रवन्ध गर्नुपर्ने लगायत ६ बुँदे माग रहेको छ ।


उनलाई प्रदेश सभा सदस्य जवाहर कुशवाहा, मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष राजकुमार उप्रेती, नेकपा माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्त, किसान नेता दिपेन्द्र मैनाली, गौरी महतो लगायतले माला लगाएर सम्मान गर्दै अनसन सुरु गराएका हुन् ।
त्यस्तै उखु मूल्य विषयमा सर्लाहीका उखु किसानले हिजो (आईतबार) दिउँसो हरिवनमा संघीय सरकारका अर्थ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ब्यानरको प्रतिमा बनाएर आगो लगाएका थिए ।
कृषि तथा पशुपंक्षी विकास नभई विनास मन्त्रालय तथा अर्थ नभई अनर्थ मन्त्रालयको रुपमा व्यंग्यात्मक ब्यानर प्रदर्शन गर्दै उक्त व्यानर जलाएका हुन् । महेन्द्र राजमार्गको कडरिया चोकमा जम्मा भएका किसानले सरकार र चिनी उद्योगी विरुद्द नाराबाजी समेत गरेका थिए ।
उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका किसानले शनिबार हरिवनमा उखुको लाक्रा बोकेर नारबाजी सहित जुलुस निकालेका थिए ।


त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन् ।
नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति र किसान हकहित संरक्षण समितीको संयुक्त आयोजनामा विरोध प्रदर्शन भईरहेको छ ।
धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन् । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले