महिलावादी मंचद्वारा प्रदेश स्तरीय सम्मेल हुँदै
कमल साह
जनकपुरधाम,पुस ७ गते । सामाजिक रुपान्तरणका लागि महिला नेतृत्व नाराका साथ महिलावादी मंच ले शनिवारदेखि दुईदिने मधेश प्रदेश स्तरीय सम्मेलन गर्दैछ ।
महेन्द्रनारायण मिथिला संस्कृति भवनमा आयोजना हुन लागेको सम्मेलनमा झण्डै ४ सय जना को सहभागि हुने महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष श्याम कुमारी साह ले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ धनुषाको सुन्दर झा शास्त्री भवनमा आयोजित पत्रकार संगको अन्तरक्रियामा उहाँले सो कुरा बताउनु भयो ।

यो भन्दा अघि २०७४ सालमा सिरहाको लहानमा महिलावादी मंचको प्रथम सम्मेलन भएको थियो । शनिवारदेखि आयोजना हुन लागेको मधेश प्रदेशका ८ वटै जिल्लाका स्थानियतहबाट निर्वाचित महिला प्रमुख र उप प्रमुखलाई सहभागि गराउनु लागेको जनाएको छ । साहका अनुसार सो सम्मेलनले श्रमको सवाल,श्रमिकलाई सुचिकृत गर्न,स्थानिय तहको विभिन्न समितिमा महिलालाई स्वीकार्न र निर्णायक तहमा पु¥याउनको लागि सहायक हुनेछ ।
महिलावादी मंच मधेश प्रदेशका अध्यक्ष अधिवक्ता रेखा झाको अध्यक्षतामा आयोजित अन्तरक्रियामा नेपाल पत्राकार महासंघ का केन्द्रिय सदस्य गायत्री मिश्र,नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत लगायतले मन्तव्य राख्नु भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
