+977 9854027065 | akulpdsah@gmail.com

भूकम्प प्रभावितलाई काउन्सिलको ५८ हजारबढी सहयोगः प्रभावित जिल्लाका पत्रकारलाई ६ लाखको अनुदान सहयोग

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

641 Views

कमल साह
जनकपुरधाम,माघ २३ गते । प्रेस काउन्सिल नेपालले जाजरकोट भूकम्पबाट प्रभावित राहत र उद्दारका लागि सहयोग गरेको छ ।
काउन्सिलका अध्यक्ष र कर्मचारीको तर्फबाट तलबकट्टा गरी ५८ हजार ९ सय ८६ रुपैया २७ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । काउन्सिलले भूकम्प प्रभावितको उचित उद्दार र व्यवस्थापनका लागि सम्बद्ध सबै क्षेत्रबाट सहयोग गर्न अनुरोध पनि गरेको छ ।
काउन्सिलले भूकम्पप्रभावित क्षेत्रमा क्रियाशील पत्रकारका लागिसमेत सहयोग अनुदान रकम छुट्टाएको छ । काउन्सिल अन्तर्गतको मिडिया विकास कोषबाट वितरण हुनेगरी जाजरकोट र रुकुमका भूकम्पप्रभावित पत्रकार÷सञ्चार माध्यमका लागि अनुदान रकम छुट्याइएको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा सञ्चालित सञ्चार माध्यम र पत्रकारको विवरण सङ्कलन गरी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको समन्वयमा ६ लाख बराबरको अनुदान प्रभावकारिता र आवश्यकता हेरि विभिन्न सञ्चार उपकरण, लेखनवृत्ति, इन्टरनेट सुविधा तथा उपचारखर्च अन्तर्गत वितरण गर्न तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

21 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले