कपडा अभावमा पढाइबाट बञ्चित हुन नपरोस् – मेयर हरि मण्डल

कमल साह
जनकपुरधाम,माघ २६ गते । मटिहानी नगरपालिकाको वडा नं.– १ सिरसियामामा संचालित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई नयाँ पोसाक वितरण गरिएको छ ।
माघ २३ गते आयोजित कार्यक्रमका प्रमुख अतिथि मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले कपडा अभावमा पढाइमा वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले पोसाक वितरण गरिएको बताउनुभयो ।
उहाँले विद्यालयमा अध्ययनका लागि आउने नयाँ छात्रछात्राहरू समान भएको देखाउने बताउँदै यो विद्यालय पोसाक भएको थप्नु भयो । नगरप्रमुख मण्डलले विद्यालयमा जात, जाति, धनी वा गरिब कोही नभई अध्ययनको लागि आउने सम्पूर्ण विद्यार्थी भएकोले सो को अनुभूति पोसाकले नै गर्ने भएको ले वितरण गरिएको बताउनु भयो ।
उहाँले वडाले विद्यालय पोसाकको लागि मात्रै नभई गुणस्तरीय शिक्षा, खेलकुदको उचित प्रबन्ध समेत विद्यार्थीहरूको लागि गर्नुपर्ने बताउँदैै त्यस पुनित कार्यको लागि अभिभावकहरू समेत विद्यालयमा आएर निगरानी र अनुगमन गर्न आग्रह गर्नुभयो ।
वडाध्यक्ष शिवशङ्कर रायले शिक्षाको गुणस्तरीयताको लागि वडास्तरबाट काम भइरहेको भन्नुभयो । वडाध्यक्ष रायले स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको जानकारी दिनुभयो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक रामश्रेष्ठ ठाकुरले वडाका कतिपय दलित बालबालिकाहरू पोसाक अभावमा नियमित हुन नसकेको बताउँदै अब पठनपाठनमा नियमित हुन सहयोग पुग्ने थप्नुभयो ।
उहाँले विद्यालयमा कक्षाकोठाको अभाव भएकोले भवन निर्माणमा समेत चासो राखि भवन निर्माण गरिदिन आग्रह गर्नुभयो ।
विद्यालयमा अध्ययनरत तीन सय ६८ विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको छ । त्यसमा १७८ छात्र र १९० छात्रा रहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
2 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
2 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
3 महीना पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
3 महीना पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
3 महीना पहिले

