नेपालका लागि भारतले ११ अर्ब २० करोड बजेट छुट्टयायो

कमल साह
जनकपुरधाम,माघ २७ गते । भारत सरकारले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको समाचार प्राप्त भएको छ ।
आर्थिक वर्ष २०२४÷२५ का लागि ४७.६६ लाख करोड अनुमानित बजेट ल्याएको भारत सरकारले विदेश नीति (क्षेत्र)का लागि अनुदान र ऋण सहायता शीर्षकमा ८६ अर्ब ३२ करोड २० लाख भारु छुट्टाएको जानाएको छ ।
त्यसमध्ये छिमेकी मुलुक नेपालका लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ छुट्टाएको समाचार प्राप्त भएको छ । अघिल्लो वित्त वर्ष २०२३÷२४ का लागि नेपालका लागि भारतले ६ सय ५० करोड भारु (१० अर्ब ४० लाख रुपैयाँ) छुट्टाएको थियो ।
उक्त आर्थिक सहायता ऋणमा नभएर अनुदान (ग्रान्ट) मा रहने समेत भारत सरकारले बताएको छ । वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपालसहित दक्षिण एसियाली ७ वटा देशसहित अन्य विकास उन्मुख देशहरू अफ्रिकन, ल्याटिन अमेरिकन र युरोपियन देशहरूका लागि समेत आर्थिक सहयोग गर्ने गरी बजेट छुट्टाएको छ ।
नेपालका लागि ७ अर्ब भारु बजेट छुट्टाएको सरकारले भुटानका लागि ९९.७० करोड भारु ऋणसहित १० अर्ब ७ करोड ६ लाख भारु अनुदान गरी कूल २० अर्ब ६ करोड ५६ लाख भारु आर्थिक सहायता गर्ने जनाएको छ ।
अघिल्लो वर्ष ऋण र अनुदान गरी भारत सरकारले भुटानका लागि २३ अर्ब ९८ करोड ९७ लाख भारु प्रदान गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष भारतले भुटानका लागि आर्थिक सहायता घटाएको हो । यस्तै, श्रीलंकाका लागि यो वर्ष भारत सरकारले ७५ करोड भारु मात्र छुट्टाएको छ । अघिल्लो वर्ष उक्त मुलुकका लागि भारतले ६० करोड विनियोजन गरेको थियो । यस्तै, माल्दिभ्सका लागि ६ अर्ब, मङ्गोलियाका लागि ५ करोड, बङ्गलादेशका लागि १ अर्ब २० करोड भारु छुट्टाएको भारत सरकारले अफगानिस्तानका लागि २ अर्ब भारु छुट्ट्याएको छ ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
6 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
7 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
7 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
8 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
13 दिन पहिले

