+977 9854027065 | akulpdsah@gmail.com

समाजवादी प्रेस सगठन धनुषाको सधारण सभा सम्पन

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

942 Views

भोला यादब, जनकपुरधाम
जनकपुरधाम, फाल्गुण १९ गते । समाजवादी प्रेस संगठन धनुषाले आज विहान बिशेष कार्यक्रमका साथ प्रथम सधारण सभा भव्य तरिकाले मनाएको छ ।
समाजवादी प्रेस संगठन धनुषाका अध्यक्ष अकुल प्रसाद साहको अध्यक्षता तथा मधेश प्रदेशका कृषि मन्त्री माननीय गोविन्द बहादुर न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा बृहतर जनकपुर विकास क्षेत्रका अध्यक्ष सितल साह, समाजवादी प्रेस सगठनका केन्द्रीय अध्यक्ष विष्णु मनि सुवेदी, मधेश प्रदेश अध्यक्ष प्रविण साह लगायत बिभिन्न प्रेस संगठनहरुका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा समाजवादी प्रेस सगठन धनुषाका स–सचिव धिरेश दत्तले स्वागत मन्तवय दिएका थिए । त्यसैगरी विभिन्न सञ्चार कर्मीहरुवाट शुभकामना व्यक्त गरियो ।
कार्यक्रमका प्रमुख अतिथि कृषि मन्त्री माननीय गोविन्द बहादुर न्यौपानेले पत्रकारीकताको मर्म र धर्म दुवै समाजवादको दिशातिर अग्रसर हुनेकुरा बताएका छन् । वहाँले प्रेस संगठनका पत्रकारहरुलाई समाजवादको सिद्धान्तबाट अगाडि बढनु पर्नेकुरा वताएका छन् । शुभकामना दिदै वहाँले पत्रकारको बृद्धि विकासका लागि यस संस्थाले कामगर्ने कुरा वताएका छन् । पुजिवादलाई समाजवादसंग समनव्य गरेर सकारात्मक बिचारलाई संरक्षण दिनुपर्ने कुराका वहाको विशेष जोड थियो ।
चटपटे समाचारले पत्रकारीकता माथि प्रश्न खडागरेको कुरा राख्दै पेशा प्रति जिम्मेवार भए सबै प्रश्न को उत्तर पाउने कुरा वहाँले वताउनु भएको छ ।


सो कार्यक्रमा मिडिया काउन्सिलका अध्यक्ष कैलास दास, आम सञ्चार प्राधिकरण का अध्यक्ष श्याम सुन्दर यादब, नेपाल पत्रकार महासंगका अध्यक्ष मोनिका झा, पूर्व अध्यक्ष अनिल कुमार मिश्र, नेपाल प्रेस युनियनका अध्यक्ष राजन सिंह, प्रकाशक महासंगका महासचिव उपेन्द्र भगत नागवसी, प्रेस चौतारी धनुषाका अध्यक्ष अबधेश कामत, मधेसी पत्रकार समाजका प्रदेश अध्यक्ष बिरेन्द्र रमन, प्रेस सेन्टर धनुषाका अध्यक्ष संविब मंण्डल, प्रेस सेन्टरका प्रदेश अध्यक्ष किरण कर्ण, बिद्यापती कोषका पूर्व अध्यक्ष डा. रामसागर पण्डित, समाजवादी प्रेस सगठन मधेश प्रदेशका सदस्य ओम प्रकास साह, समाजवादी प्रेस सगठन महोत्तरी अध्यक्ष सरिता घीमिरे लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमका अध्यक्ष अकुल प्रसाद साहले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै खुल्ला सत्रको कार्यक्रम समाप्न भएको घोषना संगै कार्यक्रम समाप्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

20 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 महीना पहिले