+977 9854027065 | akulpdsah@gmail.com

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० ः याज्ञवल्क्य संस्कृत कॉलेज ,ज्ञानकूप र बि.पि.मेमोरियल कॉलेज विजय

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1616 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, चैत्र १ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत बिहिवार भएको खेलमा याज्ञवल्क्य संस्कृत कॉलेज ,ज्ञानकूप र बि.पि.मेमोरियल कॉलेज विजय विजय भएका छन ।
पहिलो खेल सिद्दार्थ ईन्टरनेशनल कॉलेज र याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूप बीच भएको थियो जसमा याज्ञवल्क्य संस्कृत कॉलेजले टस जितेर पहिला ब्याटिङको गरेको थियो ।ब्याटिङ सुरु गरेको याज्ञवल्क्य संस्कृत कॉलेजका खेलाडीहरु १९.४ ओभरमा ऑलआउट हुँदै १३६ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १३७ रनको लक्ष्य दिएको थियो । याज्ञवल्क्य संस्कृत कॉलेजको टिमका लागि प्रिन्सले २८ रन र आदित्यले २२ रनको योगदान दिएको थियो ।


सिद्दार्थ ईन्टरनेशनल कॉलेजको तर्फबाट लागि बलिङ गरेका अनिशले ४ ओवेरमा १७ रन खर्चेर २ विकेट र मुकेशले ४ ओवेरमा १८ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । खेलमा जवाफि ब्याटिङका लागि आएका सिद्दार्थ ईन्टरनेशनल कॉलेजका ब्याट्सम्यानहरुले अल आउट हुदै १०१ रन मात्र बनाउन सफल भयो र उक्त खेल याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूपले ३५ रनले जित्न सफल भयो। सिद्दार्थ ईन्टरनेशनल कॉलेजका खेलाडीहरु मध्ये आयुषले २४ रन र मुकेशले २२ रनको योगदान दिएका थिए । याज्ञवल्क्य संस्कृत कॉलेजको टिमका लागि बलिङ गरेका आदित्यले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट र राकेशले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दी म्याच याज्ञवल्क्य संस्कृत कॉलेजको खेलाडी आदित्य झा भएको थियो।
त्यस्तै दोस्रो खेल मिट कॉलेज र बि.पि. मेमोरियल कॉलेज बीच भएको थियो जसमा मिट कॉलेजले टस जितेर पहिला बि.पि. मेमोरियल कॉलेजलाई ब्याटिङगको लागि आमन्त्रण गरेको थियो। ब्याटिङ सुरु गरेको बि.पि. मेमोरियल कॉलेजका खेलाडीहरु उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१५ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि २१६ रनको विशाल लक्ष्य दिएको थियो । बि.पि. मेमोरियल कॉलेजको टिमका लागि अखिलेश ठाकुरले १४८ रन र राजेश यादवले ४८ रनको योगदान दिएको थियो । मिट कॉलेजको तर्फबाट लागि बलिङ गरेका मनिषले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिन सफल भएको थियो ।
खेलमा जवाफि ब्याटिङका लागि आएका मिट कॉलेजका खेलाडीहरु १९.५ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाउन सक्यो र उक्त खेल बि.पि. मेमोरियल कॉलेजले १३० रनको विशाल अन्तरले जित्न सफल भयो यो जितको साथ सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ भने फाइनलको लागि मोनास्टिक क्याम्पस सित भिडन्त हुनेछ । मिट कॉलेजका खेलाडीहरु मध्ये कृष्णाले ३६ रन र तेजेश्वरले १४ रनको योगदान दिएका थिए । बि.पि. मेमोरियल कॉलेजको बिशालले ३ ओभरमा ४ रन खर्चेर ४ विकेट र अखिलेश ठाकुरले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए। यस खेलको म्यान अफ दी म्याच बि.पि. मेमोरियल कॉलेजको खेलाडी अखिलेश ठाकुर भएको थियो।यस खेलको म्यान अफ द म्याचको उपाधी धनुषा पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष ललित साह द्वारा प्रदान गरिएको थियो ।
प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

6 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

6 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

17 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

18 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

18 दिन पहिले