राराब क्यामपस का प्राध्यापकहरूलाई बिदाई तथा स्वागत
कमल साह
जनकपुरधाम,चैत्र १७ गते । त्रिभुवन विश्व विद्यालय रामसागर रामस्वरुप बहुमुखी क्याम्पसमा प्राध्यापकहरुलाई स्वागत तथा विदाई गरिएको छ ।
हिन्दुहरूको साँस्कृतिक पर्वको अवसरमा आयोजित होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा २१ जना अवकाशप्राप्त,४ जना पद्दोनति र २ जना अन्य क्याम्पसबाट सरूवा भएर आएका प्राध्यापकहरूको एक साथ स्वागत, विदाई तथा सम्मान गरिएको छ ।
राराब क्याम्पसमा नवनिर्वाचित कार्यसमितिका सभापति प्रा. मुक्तिनाथ साहको सभापतित्व तथा क्याम्पस प्रमुख प्रदीप कुमार प्रसादको प्रमुख आतिथ्यमा सो होली मिलन समारोह आयोजना गरिएको थियो ।
रा.रा.ब.क्याम्पमा आन्तरिक विवादका कारण प्राध्यापकहरूको चार वर्ष देखि थाती रहेका विदाई कार्यक्रम नव निर्वाचित कार्यसमितिले सम्पन्न गरेको छ ।

बिदाई हुने प्राध्यापकहरुमा क्रमशः डा.मुनेश्वर यादव,राम नरेश ठाकुर,बालकेश्वर ठाकुर,प्राडा विजय कुमार लाल,महारूद्र झा,डा.विरेन्द्र कुमार लाल,बलराम प्रसाद साह, बाबू साहेब यादव,देवनारायण साह,डा.रासबिहारी महतो,विजय कुमार ठाकुर, प्राडा विष्णुदेव यादव,नागेन्द्र कुमार झा, प्राडा बिनोद कुमार सिन्हा,यामुन यादव,सर्वनारायण सिंह,लक्ष्मण यादव, मिथिलेश कुमार लाल, पुनम कुमारी मिश्र,डा.मनोज कुमार मिश्र र डा.व्रम्हदेव साह रहेका छन ।
त्यस्तै पदोन्नति हुनुभएका प्राध्यापकहरूमा क्रमशः प्राडा संजय कुमार,प्राडा राकेश रंजन वात्सायन,प्राडा बसन्त कुमार कर्ण र प्रा डा श्यामा कुमारी महतो रहेका छन ।
उसैगरी अन्य क्याम्पसबाट सरूवा भई आउनु भएका प्राध्यापकहरुमा राम विनय पाण्डे र संतोष कुमार मिश्र रहेका छन ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
8 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
11 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
25 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
