+977 9854027065 | akulpdsah@gmail.com

राराब क्यामपस का प्राध्यापकहरूलाई बिदाई तथा स्वागत

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1616 Views

कमल साह
जनकपुरधाम,चैत्र १७ गते । त्रिभुवन विश्व विद्यालय रामसागर रामस्वरुप बहुमुखी क्याम्पसमा प्राध्यापकहरुलाई स्वागत तथा विदाई गरिएको छ ।
हिन्दुहरूको साँस्कृतिक पर्वको अवसरमा आयोजित होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा २१ जना अवकाशप्राप्त,४ जना पद्दोनति र २ जना अन्य क्याम्पसबाट सरूवा भएर आएका प्राध्यापकहरूको एक साथ स्वागत, विदाई तथा सम्मान गरिएको छ ।
राराब क्याम्पसमा नवनिर्वाचित कार्यसमितिका सभापति प्रा. मुक्तिनाथ साहको सभापतित्व तथा क्याम्पस प्रमुख प्रदीप कुमार प्रसादको प्रमुख आतिथ्यमा सो होली मिलन समारोह आयोजना गरिएको थियो ।
रा.रा.ब.क्याम्पमा आन्तरिक विवादका कारण प्राध्यापकहरूको चार वर्ष देखि थाती रहेका विदाई कार्यक्रम नव निर्वाचित कार्यसमितिले सम्पन्न गरेको छ ।


बिदाई हुने प्राध्यापकहरुमा क्रमशः डा.मुनेश्वर यादव,राम नरेश ठाकुर,बालकेश्वर ठाकुर,प्राडा विजय कुमार लाल,महारूद्र झा,डा.विरेन्द्र कुमार लाल,बलराम प्रसाद साह, बाबू साहेब यादव,देवनारायण साह,डा.रासबिहारी महतो,विजय कुमार ठाकुर, प्राडा विष्णुदेव यादव,नागेन्द्र कुमार झा, प्राडा बिनोद कुमार सिन्हा,यामुन यादव,सर्वनारायण सिंह,लक्ष्मण यादव, मिथिलेश कुमार लाल, पुनम कुमारी मिश्र,डा.मनोज कुमार मिश्र र डा.व्रम्हदेव साह रहेका छन ।
त्यस्तै पदोन्नति हुनुभएका प्राध्यापकहरूमा क्रमशः प्राडा संजय कुमार,प्राडा राकेश रंजन वात्सायन,प्राडा बसन्त कुमार कर्ण र प्रा डा श्यामा कुमारी महतो रहेका छन ।
उसैगरी अन्य क्याम्पसबाट सरूवा भई आउनु भएका प्राध्यापकहरुमा राम विनय पाण्डे र संतोष कुमार मिश्र रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

20 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 महीना पहिले