महावीर युवा कमिटी ले चैती दशैं व्यवस्थित पर्न दिपक गुप्ता लाई संयोजक बनाईयो
कमल साह
जनकपुरधाम, चैत २० गते । महावीर युवा कमिटी ले चैती दशैं व्यवस्थित रुपमा बनाउन कमिटीका का.का.सदस्य दिपक गुप्तालाई संयोजकमा चयन गरेको छ ।
महाविर युवा कमिटिको अध्यक्ष अयज गुप्ताको अध्यक्षता चैत १९ गते कार्यसमितको बैठकले उक्त निर्णय गरेको छ ।
यसवर्ष चैते दशैं चैत २७ गते देखि आरम्भ भई बैशाख ९ गते सम्म हुनेछ । श्री राम मन्दिरको अर्को आंगनमा रहेको माता राजदेवी को मन्दिरमा महावीर युवा कमिटी ले शरदीय दशैं झै व्यवस्थित पार्न चैती दशैं कार्यक्रम संयोजकमा दिपक गुप्तालाई सर्वसहमतिबाट चयन गरिएको छ ।
महावीर युवा कमिटी प्रत्येक बर्ष राजदेवी मन्दिरमा चैती दशै धुमधामका साथ मनाउदै आएको छ ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशै पनि भनिन्छ त्यस्तै चैत शुक्ल पक्षमा मनाईंने दशैंलाई चैती दशैं भनेगरिन्छ ।
कमेन्ट गर्नुहोस्
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
6 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
8 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
4 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
4 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
5 महीना पहिले
