कमिशनको मातमा रहेका प्रमुख महतो खुशीको जिवन बिताउनमा मस्त
रंजित चौरसिया,
वीरगंज ८ बैशाख । पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य कार्य लगायत अन्य काण्डहरुमा पनि चर्चा कमाईरहंदा लेखा प्रमुख मन्दीप महतोको अशोभनिय कार्यले नगरपालिका थप बदनाम हुँदै गईरहेको समाचार प्राप्त हुन आएको छ ।
कमिशनको मामिलामा सेवाग्रहीहरु सँग अग्रिम पिसी (पर्सनल कमिशन) नलिईकन चेक नबनाउने बानी बसालेका महतोले रकमको मातमा नगरपालिकालाई बदनाम गराउदै आफु खुशीको जिवन बिताउनमा मस्त रहने गरेको कर्मचारीहरु बताउंदछन् ।
भ्रष्ट महतोको एैयासी जिवनको बारेमा उनका बुवा र आमाले केही महिना पहिले नगरप्रमुख प्रद्युमन चौहानलाई भेटी गुनासो गर्दा उनी लेखा प्रमुख महतोको सरुवा गराउन बाध्य भएको समाचार स्रोतको कथन रहेको छ । लेखा प्रमुख महतोको सरुवा भए पनि उनी पुनः प्रमुख चौहानलाई हारगुहार गर्दै आफ्नो सरुवा रोकाउन सफल भएको ती स्रोतले जनाएको छ ।
महतोको एैयासी जिवनलाई लिएर उनको घरमा प्रायः झगडा हुने गरे पनि उनी आफ्नो आचरणमा सुधार ल्याउन नसक्दां घर परिवार नै आजित भईसकेको जानकारहरु बताउंदछन् ।
महतो पोखरिया नगरपालिकामा कार्यरत्त रहे पनि कार्यालयमा कम जाने गरेको र आफ्नो कार्यसम्पादन सेवाग्रहीहरुलाई झुलाउदै वीरगंजबाट नै गर्ने गरेको भुक्तभोगीहरु बताउंदछन् ।
कमेन्ट गर्नुहोस्
एम्नेस्टीको अध्यक्षमा पुनः विपिन बुढाथोकी निर्वाचित हु..
कमल साहजनकपुरधाम,पुस ४ गते । एम्नेस्टी इन्टरनेसनल नेपालको साधारण सभाबाट अध्यक्ष पदमा पुनः बिपिन बुढाथोकी निर्व..
3 दिन पहिले
कपिलवस्तु प्राविधिक प्रतिष्ठानले फार्मेसीमा भर्ना लिन..
प्रिंन्स मिश्रा, कपिलवस्तुकपिलवस्तु, मंसिर २३ गते । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा अवस्थित कपिलवस्त..
14 दिन पहिले
बिभिन्न कार्यक्रमगरी अपांग दिवस मनाइयो
कमल साह जनकपुरधाम,मंसिर २० गते । ३३ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मंगलवार नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्..
14 दिन पहिले
नेपाल चार्टर्ड एकाउन्टेण्ड लगायतद्वारा निःशुल्क भोजन
कमल साहजनकपुरधाम,मंसिर २२ गते । श्री सीताराम विवाह महोत्सव अवसरमा नेपाल चार्टर्ड एकाउन्टेण्ड संघ जनकपुरधाम ले य..
14 दिन पहिले
स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, मधेस प्रदेश कार्..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, १७ गते । स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेश कार्यसमितिक..
19 दिन पहिले