+977 9854027065 | akulpdsah@gmail.com

मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु

10 महीना पहिले प्रकाशित

Akul Prasad Sah

577 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, बैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका पत्रकार यादवको बिहान जनकपुर ढल्केवर सडक खण्डमा आफैले चलाएर जनकपुर आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
मृतक यादव रेडियो धनुषाधामका संचालक तथा इन्यूज ब्यूरोका कार्यकारी सम्पादक थिए ।


बिहान करिब ३–४ बजे जनकपुर तर्फ आउँदै गर्दा मिथिला नगरपालिका ६ स्थित अनियन्त्रित भएर मोटरसाइकल सडक छेउको रेलिंगमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
मोटरसाइकलमा पछाडि सबार पत्रकार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ ।
मृतक संचारकर्मी यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गोर्खा एकेडेमीले मनायो बार्षिकोत्सव

सन्जु कर्ण, सर्लाही, सर्लाही, माघ २५ गते । सर्लाहीको हरिवन वडा नं.८ नारायण चोकमा रहेको गोर्खा एकेडेमीले आफ्नो पाँच..

6 दिन पहिले

डा.राउतको गम्भीर पहल, बल्ल पुग्यो प्रतिष्ठान विधेयक संसद..

कमल साहजनकपुरधाम, माघ १९ गते । सप्तरीको राजविराजमा निर्माणाधीन रामराजा प्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठा..

11 दिन पहिले

महामना राजेश्वर नेपाली अभिनन्दन ग्रन्थको भारतको देवघरम..

कमल साहजनकपुरधाम,माघ १९ गते । प्रेस स्वतन्त्रता सेनानी एवं लोकमत साप्ताहिकका सम्पादक तथा प्रकाशक वरिष्ठ पत्रका..

11 दिन पहिले

गुठी जग्गामा अबैध बनाएका संरचनाहरुलाई बैध बनाउन गुठीबा..

कमल साहजनकपुरधाम,माघ १९ गते । गुठी संस्थानले आफ्नै अधिनमा रहेको जग्गा सुरक्षा गर्न पाईनरहेको ले ऐनमा संशोधन हुनु..

11 दिन पहिले

विवाहको उमेर दुई वर्ष घटाउँदा ‘एनजिओ’हरुको टाउको दुखाई

कमल साहजनकपुरधाम,माघ १९ गते । मधेश प्रदेशले विवाहका उमेर हाल कायम रहेको २० वाट घटाएर १८ मा झार्ने ऐन बनाउन खोज्दा ..

11 दिन पहिले