+977 9854027065 | akulpdsah@gmail.com

अधिकृत अजय र लेखा प्रमुख मन्दिपको भ्रष्टाचार काण्डले पोखरियावासीहरु पिडित

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1294 Views

रंजित चौरसिया,
वीरगंज २७ बैशाख । पर्साको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले भ्रष्टाचार काण्डमा मुछिएपछि उनी माथि गयल हाजिरीको सन्दर्भमा राष्ट्रिय सतर्कता केन्द्रमा कारवाहीको लागि उजुरी पर्दा छटपटिएका छन् ।
अधिकृत श्रीवास्तवले शुक्लागण्डकी नगरपालिकाको कार्यालय दुलेगौडा तनहुमा कार्यरत्त रहंदा मिति २०७९÷६÷१४ गतेको पत्र अनुसार मिति २०७९÷०६÷२४ गते देखि लागु हुने गरी पोखरिया नगरपालिकामा हाजिर हुने गरी रमाना लिएकोमा अधिकृत श्रीवास्तवले २०७९÷१०÷१४ गतेका दिन हाजिर भएको समाचार स्रोतले जनाएको छ ।
नेपाल स्वास्थ्य हेल्थ ईन्सपेकसन समुह ७ औं तहका अधिकृत श्रीवास्तवले करिब ११० दिन कही कतैबाट बिदा नै स्वीकृत नगराई गयल भएको ती स्रोतको भनाई रहेको छ । पोखरिया नगरपालिकाको हाजिरी रजिष्टरमा रातो कलमले रेजा लागे पनि सो माथि अधिकृत श्रीवास्तवले आफुखुशी रातो कलमले नै घर बिदा लेखि उम्किने प्रयासरत्त रहेका छन् ।
नेपाल स्वास्थ्य ऐन २०५३ को दफा ७४ (१) को (छ) मा विदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था भए तापनि अधिकृत श्रीवास्तवले भ्रष्टाचारबाट कमाएको रकम ठाउँ–ठाउँमा नियमनकारी निकायलाई बाडदै आफ्नो कहीं कतैबाट केही नहुने ठोकुवा गर्दै चिया पसलहरुमा गफ दिने गरेको स्रोतको कथन रहेको छ ।
सोही सन्दर्भमा राष्ट्रिय सतर्कता केन्द्रले जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्र पठाई छानबिन प्रक्रिया अगाडि बढाउन भनेकोमा प्रशासनले करिब एक महिना पहिले प्रशासकीय अधिकृत बिनय श्रीवास्तवको जिम्मा दिई पोखरिया नगरपालिकामा पठाउंदा अधिकृत श्रीवास्तवले आफ्नो कर्मचारी मार्फत हाजिरी रजिष्टर लुकाउन लगाएको स्रोतको भनाई रहेको छ ।
प्रशासन कार्यालयले हालसम्म भरपर्दो तरीकाले छानबिनको कार्य नगर्दा अनेकौं किसिमको शंका–उपशंका उब्जिए सँगै अधिकृत श्रीवास्तवले प्रशासन कार्यालयमा सेटिङ्ग भईसकेको भन्दै आफ्नो केही नहुने रक्सी खाएको मात्तमा बरबराउदै गरेको ती स्रोतको कथन रहेको छ ।
अधिकृत श्रीवास्तवले भ्रष्टाचार सँगै काण्ड मच्चाउन थालेपछि उनका लेखा प्रमुख मन्दिप महतो प्रतिस्पर्धामा उत्रिएको पोखरियावासीहरुको आरोप रहेको छ । लेखा प्रमुख मन्दिप महतोको रासलिला काण्डबारे केही महिना पहिले उनका आमा बुवालाई जानकारी भएपछि नगरपालिका कार्यालयमै गई नगरप्रमुख प्रद्युमन चौहानलाई गुनासो गरेको स्रोतले जनाएको छ ।
भ्रष्टाचारको कमाईबाट करोडौं दम्पच गरी अकुत सम्पत्ति जोडदै क्रेटा गाडी किनेर आफ्ना पार्टनरहरुलाई मौजमस्ती गर्दै गराउदै वीरगंजमा करिब ३ वटा फ्ल्याट लिएका भ्रष्ट लेखा प्रमुख महतोको अपरम्पार रहेको उनका निकटवर्तीहरु बताउंदछन् ।
अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोको आचरण एकैनासको मिलेपछि सेटिङ्गको भ्रष्टाचारमा मात्तिरहने, जेसुकै गर्ने र पोखरिया नगरपालिकालाई बदनाम गर्न गराउनमा तल्लीन देखिएकोमा पोखरियावासीहरु आजित भएको बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

18 घन्टा पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

3 दिन पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

4 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

4 महीना पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

4 महीना पहिले