+977 9854027065 | akulpdsah@gmail.com

नगरस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, आयोजक महादेव जनता मावि प्रथम

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2114 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ २० गते । सर्लाहीको हरिवन नगरपालिका वडा नं ८ मा अवस्थित महादेव जनता माध्यमिक विद्यालयको वार्षिक कार्यतालिका अनुसार आज जेठ २० आइतबार नगरस्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हरिवन नगरपालिकाका ११ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा महादेव जनता माध्यमिक विद्यालय प्रथम भएको छ ।
प्रतियोगितामा सर्लाही एम्बिसन एकेडेमी स्कुल दोस्रो भएको छ भने सनराइज आवासीय मावि बेताली तेस्रो हुन सफल भएको छ। ओमनिका ज्ञानज्योती आवासीय मावि नयाँरोड र मोडेल युरिका एकेडेमी सुखेपोखरी सान्त्वना स्थान हासिल गर्न सफल भएका छन ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक तथा विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले बताए ।
हरिवन नगरपालिकाको नगर उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यता र विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष मोहन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उक्त अवसरमा पुर्व विद्यार्थी समाजका उप संयोजक बिप्लब कार्कीले अतिरिक्त क्रियाकलापले विद्यार्थीको अन्तर्निहित क्षमताको विकास हुने र सकारात्मक जीवन जिउन सहज हुने प्रस्ट्याएका थिए ।
शिक्षक डिशन कार्की, टीका भन्डारी र दुर्लभ भट्टराईले सञ्चालन गरेको कार्यक्रमको हाजिरी जवाफको प्रश्नहरु शिक्षा अधिकृत रुस स्टालिन चौलागाईंले निर्माण गरेका थिए। अतिरिक्त क्रियाकलाप अन्तर्गत आगामी आर्थिक वर्षमा नगर स्तरीय विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

7 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

1 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले