+977 9854027065 | akulpdsah@gmail.com

पत्रकार महासंघ धनुषामा तीन दलले लगाएको ताला खोलियो

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1141 Views

धिरेश दत्त
जनकपुरधाम, जेष्ठ २७ गते । जनकपुरधामःपत्रकार महासंघ धनुषामा तीन दलले लगाएको ताल्चा आज (आईतबार) खोलिएको छ ।
पत्रकार महासंघ धनुषाले शुद्धिकरणको नाउँमा लोकतान्त्रीक आस्था भएका व्यवसायिक एवमं सक्रिय पत्रकारहरुलाई काँटछाँट गर्ने र खास संगठनका पक्षमा मतभार बढाउने निस्क्रिय एवमं गैर पत्रकारलाई नवीकरण तथा सदस्यता दिने प्रपञ्च बिरुद्ध तीन दल क्रमशःसमाजवादी प्रेस संगठनधन धनुषा,नेपाल प्रेस यूनियन धनुषा र प्रेस मंच नेपाल धनुषाले जेठ २५ गते लगाईएको ताल्चा आज (आईतबार) खोलिएको छ ।
ताल्चा खोल्ने क्रममा बिभिन्न संघ संगठनका पदाधिकारी लगायत नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत,कोषाध्यक्ष राज कमल सिंह, समाजवादी प्रेस संगठनधनका जिल्लाध्यक्ष अकुल प्रसाद साह, जिल्ला सचिब धिरेश दत्त, प्रेस मञ्च नेपालका जिल्लाध्यक्ष अर्जुन कुमार मण्डलको समेत उपस्थिति रहेको थियो ।


समाजवादी प्रेस संगठनधनका जिल्लाध्यक्ष अकुल प्रसाद साहले “परिवर्तित परिस्थितमा सदस्यता शुद्धिकरण प्रक्रिया विवादित छ भनी सब पक्षले स्वीकार गरेको अवस्थामा र यस समस्यालाई समाधान गर्न समाजवादी प्रेस संगठन धनुषा लगायत अन्य संस्थाले निरन्तर दबाब बनाई रहेकाले तत्कालकालागी हामीले आन्दोलनको स्वरुप परिवर्तन गरी नेपाल पत्रकार महासंघ धनुषामा लगाईएको ताल्चा खोलेका छौं” बताए ।
तर,महासंघले सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्न निष्पक्ष ढंगले सम्पादन गर्ने परिस्थिति नबनाएमा हामी पुुनः तलाबन्दी लगायत थप कठोर संघर्षका कार्यक्रम गरिने र त्यस अबिधिमा महासंघको कुनै पनि कार्यक्रम हामीले कुनैपनि हालतमा हुन दिनेछैनौंैं भनी चेताबनी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

19 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 महीना पहिले