+977 9854027065 | akulpdsah@gmail.com

मधेश प्रदेशको राजधानी जनकपुरधाममा पासोलागी एक महिलाको मृत्यु

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1287 Views

धिरेश दत्त, जनकपुरधाम, साउन ९ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक महिलाको मृत्यु भएको छ ।
जनकपुरधामको वार्ड नं.४ जानकीनगरमा मंगलबार मध्यान्ह मनिष चौधरीकी श्रीमती अन्दाजी बर्ष ३१ की रिंकी देवीले आफै पासो लागाई आत्महत्या गरेको भनी उनका श्रीमान् मनिष चौधरीले बताए ।
तर, मृतकको माईती पक्षले यो आत्महत्या नभई हत्या भएको दावी गरेका छन् । मृतककी बुवाा चन्देश्वर जयसवालले छोरीको बिहे गरेको ७ बर्ष भई सकेको र बर्ष दिन नबित्दै छोरी रिंकीलाई मारपिट,गालीगलौंज र बिभिन्न किसिमको यातना दिदै आईरहेको आरोप लगाए ।
उनले भने “मेरो छोरीलाई ज्वाईले बिगतमा पनि बिभिन्न यातना र मारपिट गर्दै माईतबाट पैसा ल्याउनका लागी दवाद दिईरहन्थे । रिंकीकी भाई अर्थात् मेरो छोरोले मलाई थाहा नदिईकन दुई चोटी रकम दिएको बताए । ज्वाईको अर्कै स्त्रीसँग सम्बन्ध रहेको उनले थपे । बिहेको समयमा छोरीलाई १५ तोला सुन दिएको तर उसँग एक आना पनि सुन नभएकाले त्यो सुन के भयो भनी उनले प्रश्न समेत गरे ।”
उनले “मेरो ज्वाईं मादकपदार्थ सेवन गरि छोरीलाई मारपिट गर्दै पेस्तोल पनि तेस्र्याएको थियो । त्यसबेला हामी आफै आएर परपञ्चायत गरेका थियौं र त्यसबेलामा समाजसेबीहरु क्रमशः संजय सिंह, बिभा ठाकुर र मनोज चौधरीको रोहबरमा परपञ्चायत गरि समस्या सुल्झाएको थिए । ती पञ्चहरुले अब तपाईको छोरी हाम्रो छोरी भएकाले अब उपरान्त हाम्रो जिम्मेबारी रहेको स्वीकार गरेपछि मात्र हामी त्यहाँबाट फर्केको उनले आँखाबाट आँशु झार्दै बताए ।”
मृतकको एउटा ६ बर्षको छोरो पनि रहेको छ । छोरोले आमासँग बुवाले जतिखेर पनि खाली पैसा माग्नु हुन्थ्यो, आमाले पैसा छैन भनी भन्दा आमालाई बुवाले बेस्सरी लातीले हिर्काउनु हुन्थ्यो ती बालकले आँखाबाट आँशु झार्दै बताए । बालक अहिले अक्क–बक्क केहि बोल्ने स्थितिमा छैन । बालकालाई उनको मामाले आफ्नो रोहबरमा राखेको छ ।
यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका प्रमुख सँग बुझ्दा हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं अहिले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र केहि भन्न सक्ने बताए । दोषी जोकोहि भएपनि तिनलाई हामीले अवस्य कानूनको कटघरामा ल्याउनेछौ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

6 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

1 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले