+977 9854027065 | akulpdsah@gmail.com

चुरे अभियानीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा

2 महीना पहिले प्रकाशित

Akul Prasad Sah

281 Views

कमल साह
जनकपुरधाम,साउन २९ गते । चुरे तथा वनजंगल संरक्षण अभियानीद्वारा संघीय राजधानी काठमाण्डौको माईतीघर मण्डलामा गर्दै आएको आन्दोलन कार्यक्रमलाई अब दोस्रो चरणमा प्रवेश गराएको छ । अभियानी ले विहिवार पत्रकार सम्मेलन गरेर दोश्रो कार्यक्रम घोषणा गरेको छ ।
वैशाख १६ गते देखि चुरे दोहनको प्रत्यक्ष असर भोगेका २५ जना अभियानले चुरे संरक्षणका लागि सप्तरी जिल्लाको भारदहदेखि पद यात्रा सुरु गरि २४ दिनको पैदल यात्रा पार गर्दै जेष्ठ १० गते काठमाण्डौको माइतीघर मण्डलामा पुगेको थियो । सो अभियानमा २५ सम्मलित जना नागरिकले १०२ दिन देखि धर्ना दिदै आएको थिए ।
अभियानहरुले सय दिन धर्ना आन्दोलन पुगे पश्चात दोस्रो चरणको कार्यक्रम घोषणा गरेको अभियानका संयोजक सुनिल कुमार यादवले जनाएका छन् ।
अभियानले दोस्रो चरणमा अगाडी बढाईने गतिविधीहरु मध्ये चुरे तराई मधेशको समुदायस्तर र जनस्तरसम्म पुगेर चुरे संरक्षणको बारेमा बुझाउने, जनचेतना जगाउने कार्यलाई व्यापक बनाउने निर्णय गरेको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट संचालित कार्यक्रमहरुको कार्यान्वयन प्रभावकारिताका बारेमा जनस्तरबाट अनुगमन, निगरानी र खवरदारी गर्ने,गराउने, चुरे संरक्षणमा स्थानीय सरकार र प्रदेश सरकारबाट भएका काम,कारवाहीहरुको खोज खवरदारी गर्ने र चुरे संरक्षणलाई प्राथमिकतामा राख्न दबाब दिने निर्णय गरेको छ ।
त्यसैगरि चुरे क्षेत्रमा भएको वनविनाश,नदीहरुको अत्यधिक दोहनलाई रोक्न सम्वन्धित स्थानमै पुगेर त्यस्ता गैरकानुनी र विनाशकारी गतिविधिहरुलाई रोक्ने र त्यस्को प्रतिरोध गर्ने,चुरे संरक्षणको सवाल व्यापक र वहुआयामिक भएकोले यसमा सर्वसाधारण र विभिन्न तहका सरकारको ध्यानाकषण गर्न र दवाव समेत दिन स्थानिय,प्रदेश र राष्ट्रिय स्तरमा समेत धर्ना, पदयात्रा,मार्च जस्ता दवावमुलक कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरिएको जनाइएको छ ।
चुरे दोहनकै कारण तलोतटिय क्षेत्रका गाउँहरुमा साउन महिनामा पनि खानेपानीको समस्या छ । भने चुरे भावर क्षेत्रका गाउँहरुमा पहिला पहिलाको सुुख्खा मौशममा एक हैण्डिल लगाउँदा चापाकलले एक लिटर पानी दिने गरेको थियो । तर, अचेल वर्षातको बेला एक हैण्डिल लगाउँदा चापाकलले आधा लिटर भन्दा कम पानी दिने गरेको छ ।
चुरे विनाशका कारण मधेशको जन जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ । उनीहरुलाई खाना बनाउन, नुहाउन र गाई वस्तुलाई पानी खुवाउनको लागि पानीको समस्या बिकराल बन्दै गएको छ । यसमा महिलाको जीवन अझै असुरक्षित बन्दै जान्छ । किनकी पानी भर्नको लागी राती राती नै जानु पर्ने हुन्छ ।
मधेश प्रदेशमा पूर्व पश्चिम राजमार्गसंग जोडिएको गाविसका बासिन्दाहरुले पनि पानीको अभाव खेप्दै आएका हुन । राजमार्ग भन्दा माथि र तल्लो क्षेत्रमा रहेको चुरे जंगल विनाश जसरी भएको छ । त्यसैगरी त्यस क्षेत्रमा जमिन मुनिको पानी सुक्दै गएको स्थानियको भनाई रहेछन ।
तर, वातावरणविद्हरु भन्छन,‘ चुरे क्षेत्रमा रहेको खोलानदीबाट बालुवा गिट्टीको अवैध उत्खन्नको कारणले जमिनको पानी सोसने सहन शक्ति घटन गएको ले मधेशको तराई क्षेत्रमा पानीको संकट उत्पन्न भएको छ ।
चुरेक्षेत्रका जंगल विनाशले चुरे क्षेत्रका जमिनले पानी सोस्ने शक्ति गुमाउन पुगेकोले जमिन मुनि पानीको अभाव सृजना भएको छ । त्यसको प्रत्यक्ष प्रभाव धनुषा जिल्ला तथा मधेश प्रदेशको सदरमुकाम जनकपुरधाममा समेतमा असर पर्नथालेको छ ।
चुरे भावर क्षेत्रमा रहेको इनार सुक्ने समस्या धनुषा र महोत्तरीमा मात्र होईन कि सर्व व्याप्त छ । जहां चुरेको वन विनाश भएको हो । त्यहींबाट पानीको श्रोत मासिएको छ । त्यसकारण त्यस ठाउँमा भएका जडान चपाकलहरुले पहिले जतिको पानी यो वर्षातको मौशममा पनि दिंदैनन् ।
वर्षात पछि जसरी घामको राप बढदै जन्छ , त्यसरी नै जमिन मुनिको पानी तान्नमा समस्या बढदै गएको हुन्छ । चैत्र र वैशाख महिनाको सुखा मौशमामा चापाकलहरु पानी दिन छोडने गरेका हुन्छ । अगामी दिनहरुमा अझै समस्याहरु थपिदै जाने विशेषज्ञको भनाई रहेछ । यो समस्यापछि फराकिलो हुन नदिनको लागि सरकारी वनमा रुख रोप्न र जथाभावी फडानी रोक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मैथिली विकास कोषको निर्माणाधीन भवनका अवलोकन गर्दै ः मुख..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, कार्तिक १ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोष..

5 दिन पहिले

नेसपाको महाधिवेशन जनपुरधाममा मंसिर १ गते गर्ने – अध्यक्..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज ३० गते । नेपाल सद्भावना पार्टीको अध्यक्ष राम कुमार महतोले पार्टी कार्या..

6 दिन पहिले

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन सम्मानित

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २६ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्म..

10 दिन पहिले

पत्रकार गुप्तामाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाहीको ..

प्रिंन्स मिश्रा, कपिलवस्तुबाँके , असोज २४ गते । पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रका..

12 दिन पहिले

वडादशैंमा राजदेवीमाताको प्रत्यक्ष दर्शनबाट नारीहरु बं..

कमल साहजनकपुरधाम,असोज २२ गते । असुर अर्थात राक्षसलाई मार्नको लागि ब्रम्हा, विष्णु, महादेव लगायतका देवताहरुले आ&ndash..

12 दिन पहिले