महावीर युवाको साधारणसभा सखडामा सम्पन्न बडादशैं अवसरमा राजदेवी पूजनोत्सव व्यवस्थित रुपमा मनाउन मूल समिति तथा उपसमिति चयन
कमल साह
जनकपुरधाम, भदौ ९ गते । देव भूमि जनकपुरधामको उज्वल नक्षत्र मान्दै आएको श्री महावीर युवा कमिटी ले सप्तरीको धार्मिक नगर सखडा भगवतीमा शनिवार ५७ औं साधारण सभा सम्पन्न गरेको छ ।
छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा आयोजित साधारणसभाबाट महावीर युवा कमिटीले माता राजदेवीको पूजालाई व्यवस्थित बनाउनकालागि मूल पूजा समितिसंगै विभिन्न उपसमिति चयन गरेको छ ।
महावीरको अध्यक्ष अजय गुप्ताको अध्यक्षतामा आरम्भ भएको सधारण सभाले राजदेवी पूजाको मूल पूजा संयोजकमा रंजित भगतलाई चयन गरिएको छ ।
साथै विभिन्न नौ वटा उपसमिति पनि चयन गरिएको छ । त्यसमा ठेहा संयोजकमा अजित शर्मा, महाप्रसाद संयोजकमा दिपक साह, भव्य शृगार संयोजकमा प्रदीप साह, भजन संध्या संयोजकमा रंजन जयसवाल, मेला संयोजकमा रोशन कुमार साह, खोईछ भराई संयोजक तथा पार्क संरक्षण संयोजकमा विकास साह ( बिक्की), सरसफाइ संयोजकमा सुनिल राउत, रावन बध संयोजकमा ओमप्रकाश गुप्ता, बिजय दशमी तथा झाँकी संयोजकमा मोहन साह(हिन्दु) र लाईन व्यवस्थापन तथा खाना संयोजकमा शशी साहलाई चयन गरिएको छ ।
सो साधारण सभाबाट गत आर्थिक वर्षको आय व्यय पारित गरिएको छ । कोषाध्यक्ष चन्दन राज शर्माले आर्थिक आय व्यय प्रस्तुत गर्नुभयो । त्यस्तै अगामी आर्थिक वर्षको भावी रेखा पनि महासचिव चन्दन नागवंशीले प्रस्तुत गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
8 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
11 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
25 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
