बरहथवाका दुुईवटा औषधी पसल बन्द गराइयो
सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र २८ गते । सर्लाहीको बरहथवा बजारमा रहेका दुुईवटा औषधी पसल बन्द गरिएको छ । औषधि व्यवस्थापन विभाग शाखा कार्यालय वीरगन्जको टोलीले दर्ता नै नभएका एच डी फार्मेसी र कुशवाहा मेडिकल हल बन्द गराएको हो ।
एच डी फार्मेसीले दर्ता प्रमाण(पत्र देखाउन नसकेको र अवैध औषधी समेत बेचेको पाइएपछि पसल सिल गरिएको औषधि व्यवस्थापन विभाग शाखा कार्यालय वीरगन्जका फार्मेसी अधिकृत अरविन्द बनियाँले जानकारी दिए ।
यस्तै कुशवाहा मेडिकल हलले दर्ता प्रमाण(पत्र देखाउन नसकेको र औषधी पसलमा योग्यता नभएका मानिस बसेर औषधी बेचिरहेको पाइएपछि पसल बन्द गराइएको बनियाँले बताए ।
उनका अनुसार दुवै औषधी पसल सञ्चालकलाई तत्काल वीरगन्ज कार्यालयमा आउन भनिएको छ । अनुुगमन टोलीले बरहथवा बजारका पाँचवटा औषधी पसलको अनुुगमन गरेकोमध्ये अन्य तीनवटा पसललाई सामान्य कमिकमजोरी सुधार गर्न निर्देशन दिइएको छ ।
कमेन्ट गर्नुहोस्
प्रकृति तथा संस्कृति संरक्षणमा स्वतन्त्र राष्ट्रसेवक क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २२ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्म..
15 घन्टा पहिले
शरदीय नवरात्रामा राममन्दिर क्षेत्र वेहुली झैं सजाईयो
कमल साहजनकपुुरधाम,असोज २० गते । बडा दशैं अवसरमा यतिखेर श्री राम मन्दिर क्षेत्र बेहुली झैं श्रृंगारिको छ । शरदीय न..
2 दिन पहिले
राजदेवी मन्दिरमा बेलतोरी र बोकावली एकै दिन हुने
कमल साहजनकपुरधाम,असोज २० गते । यसपालीको बड़ादशैंमा दुर्गा माताको आगमन र विदाईले राष्ट्र र समाजको लागि अशुभको संक..
2 दिन पहिले
ममता तेक्वान्दो दोजाङ्गद्वारा महिलाहरुको लागि आत्मरक्..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २० गते । ममता तेक्वान्दो दोजाङ्गद्वारा महिलाहरुको लागि आत्मरक्षाको महत..
2 दिन पहिले
‘राजनीतिबाट मात्र दलितको मुक्ति सम्भव’
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २० गते । । तत्मा कर्मचारी समाज धनुषाले विजयादशमी, शुभ दीपावली र छठ पर्व..
2 दिन पहिले