+977 9854027065 | akulpdsah@gmail.com

कलाले संस्कृति संरक्षण गर्छन ः साँसद कार्की

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

673 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, २९ भदौ । संस्कृति जोगाउन कलाको महत्वपूर्ण योगदान हुन्छ । संस्कृतिले देश र समाजको पहिचान स्थापित गर्छन संघीय सांसद र पूर्व वन राज्यमन्त्री दीपक कार्कीले बताउनुभयो ।
आफन्त नेपाल धनुषाद्वारा १५ दिने मिथिला आर्ट तालिमको शुक्रवार प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनु भयो । उहाँले जुनसुकै कलालाई देश र समाज सम्मान गर्नुपर्छ । मिथिलाको कला र संस्कृतिको आफ्नै पहिचान छ । मिथिला कलाको चर्चा मिथिलामा मात्र होइन, देशविदेशमा पनि छ, यसले मिथिलाको संस्कृतिलाई स्थापित गर्छन । मिथिला कलालाई व्यवसायीकरण गर्न आफू सरकारसँग माँग गर्ने बताउनुभयो ।
आफन्त नेपालका कार्यकारी निर्देशक जय प्रकाश मण्डलको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका कार्कीले कला र सीपले हाम्रो सँस्कृतिलाई झल्काउने काम समेत गर्ने र यसलाई व्यवसायिक रुप दिन सके हामीलाई आत्मनिर्भर समेत बनाउने कुरा प्रष्ट पार्नुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि मधेश प्रदेश सरकारका नीति आयोगका पूर्व उपाध्यक्ष भोगेन्द्र झाले कला र संस्कृतिलाई जोगाउने कार्य राज्यको हुन्छ, तर मिथिला कला र संस्कृतिप्रति सरकार उदासिन हुनु दुःखद रहेको बताउनुभयो ।


त्यसैगरी प्रमाणपत्र वितरणका अर्का विशिष्ट अतिथि मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासले मिथिला कलामा निपुन कलाकारहरुलाई भारतमा राष्ट्रपति सम्मान गर्ने गरेको छ । यहाँ पनि कलाकारहरुलाई उत्साह बढाउन कलाकारहरुलाई सम्मान गर्नुपर्ने औल्याउनुभयो । उहाँले मिथिला आर्टको व्यवसाय नेपालमा कम र विदेशमा बढी हुने गरेकोले यसको बजारीकरण नेपालमा पनि हुनेगरी राज्यको योजना हुनुपर्नेमा जोड दिनुभयो ।
लैङ्गिक समानता र समावेशीताको प्रवर्द्धन गर्ने उदेश्यका साथ, आफन्त नेपालले यूएनडीपी नेपालको सहकार्यमा “किशोरी, महिला र अपाङ्गता व्यक्तिहरू सशक्तिकरण“ अन्तर्गत मिथिला कला तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । मिथिला कला र लैङ्गिक समानता कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरू।“ कोही पनि पछि नपरुन सिद्धान्तमा आधारित तालिममा किशोरी, महिला र अपाङ्गता भएका व्यक्तिहरू सहित २६ जना सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

15 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

26 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले