+977 9854027065 | akulpdsah@gmail.com

ममता तेक्वान्दो दोजाङ्गद्वारा महिलाहरुको लागि आत्मरक्षाको महत्व प्रदर्शन कार्यक्रम सम्पन्न

9 महीना पहिले प्रकाशित

Akul Prasad Sah

829 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज २० गते । ममता तेक्वान्दो दोजाङ्गद्वारा महिलाहरुको लागि आत्मरक्षाको महत्व प्रदर्शन कार्यक्रम जानकी मन्दिरको प्राङगनमा भव्यताका साथ सम्पन्न भएको छ ।
सो कार्यक्रममा लगभग ६५ जना बिद्यार्थीहरुले सहभागी जनाएको थियो । यस ममता तेक्वान्दो दोजाङ्गद्वारा महिलाहरुको लागि आत्मरक्षाको महत्व प्रदर्शन कार्यक्रमका प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशका मा। मन्त्री प्रमोद जयसवाल रहनु भएको थियो ।
ममता तेक्वान्दो दोजाङ्ग गु्रपले बिभिन्न प्रकारको आ–आफ्नो प्रतियोगीताहरु प्रस्तुत गरेका छन् ।


जानकि मंदिरको प्राङ्गनमा स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आज कार्यक्रम आयोजना गरेका छन् । खेलकुद तथा समाज कल्याण मन्त्रालयका मा। मन्त्री प्रमोद जयसवालले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी भाई बहिनीहरूका लागि मार्सल आर्ट कला मात्र नभई आत्म सुरक्षाको अस्त्र मार्सल आर्ट हो भन्दै समाजमा बढदो हिंसाको घटनाहरुको ध्यानमा राख्दै तेक्वान्दो मार्स आर्टको माध्यम बाट सुरक्षित रहने कला , शारीरिक फिटनेस, मानसिक मजबुतीका लागि मार्सल आर्ट्स जरुरी रहेको मन्त्री जैसवालले बताएका थिए ।
दोजाङ्गका मुख्य तेक्वान्दो प्रशिक्षक उमेश साहको अध्यक्षता गर्नु भएको थियो । सो कार्यक्रममा धनुषा जिल्ला अध्यक्ष तेक्वान्दोका तिलक लामा तथा प्रदेशिक तेक्वान्दो कार्य समितिका विजय मिश्रा, प्रशिक्षक कृष्ण कुमार मण्डल, ममता कुमारी र बिद्यार्थीहरुका अभिभावकहरु लगायतका सक्रिय सहभागिता रहेका थिए र भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

6 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

6 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

18 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

18 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

18 दिन पहिले