+977 9854027065 | akulpdsah@gmail.com

बिभिन्न कार्यक्रमगरी अपांग दिवस मनाइयो

7 महीना पहिले प्रकाशित

Akul Prasad Sah

257 Views

कमल साह
जनकपुरधाम,मंसिर २० गते । ३३ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मंगलवार नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा शाखा ले विभिन्न कार्यक्रम गरि मनाइयो।
अपांग संघ धनुषाले विहान रैली प्रदर्शन र साँझ पखमा दीप प्रज्वलनगरी अपांगता दिवस मनाइएको छ ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषाका जिल्ला सभापति नन्दकिशोर महासेठ को अध्यक्षतामा आयोजित कार्यक्रमका सहजिकरण पूर्व केन्द्रिय अध्यक्ष शिवचन्द्र साह ले गर्नुभयो ।
नेपाल अपांग संघको कार्यालय हाताबाट विहान निस्केको पद यात्रा रामानन्दचौक,जानकी चौक हुँदै जनकचौकमा पुगेर सम्पन्न भयो । त्यस्तै अपराह्नमा दिप प्रज्वलन गरि मनाईयो । त्यस कार्यक्रमहरुमा अपांग संघ का पदाधिकारी, अपांग प्रति सकारत्मक सोंच राख्ने भद्रजन तथा अपांगदेखि सपांगसम्मका व्यक्तित्वहरु सहभागी भएका थिए । सो पद यात्राकोे नेतृत्व सभापति नन्दकिशोर महसेठ ले गर्नुभयो ।
नेपाल अपांग संघ धनुषा ले मनाए झैं अधिराज्य व्यापि डिसेम्वर ३ को सेरोफेरोमा मनाईएको छ ।
अपांग दिवस मनाउने चलन सन् २००६ मा संयुक्त राष्ट्र संघले अपाङ्गता भएका सबै व्यक्तिहरुबाट हुने सम्पूर्ण मानव अधिकार तथा मौलिक स्वतन्त्रताहरुको पूर्ण र समान उपभोग सम्बर्धन, संरक्षण एवं सुनिश्चित गर्नु तथा उनीहरुको नैसर्गिक मर्यादाको सम्मानको संवद्र्धन गर्न–धारा १ । महासन्धि घोषणा गरिएको छ । हालसम्म यो महासन्धिलाई विश्वका ८७ राष्ट्रहरुले अनुमोदन गरिसकेका छन् भने १४५ राष्ट्रहरुले हस्ताक्षर गरिसकेका छन् ।
यसै महासन्धिको अवसर पारेर नेपालमा विश्व अपांग दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । कहिं सचेतना रैली निकालेर त कहिं सहायक सामग्री वितरण गरेर मनाईएको छ ।
सर्वप्रथम वि.सं.२०६८ सालमा राजधानी काठमाण्डौमा अपाङ्गता भएका व्यक्तिका लागि रोजगारी मेला आयोजना भएको थियो । मङ्सिर २१ गते नेपालमा अपाङ्गता भएका नागरिकलाई रोजगारी दिलाउन मध्यस्थता गर्ने मुख्य उद्देश्यबाट आयोजित करिअर एक्स्पो फर पर्सन विथ डिजाबिलिटीमा अपाङ्गता भएका व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
नेपालमै पहिलोपटक आयोजित अपाङ्गता भएका नागरिकका लागि रोजगारी मेलामा रोजगारदाता, रोजगारीको खोजीमा रहेका अपाङ्गता भएका नागरिक, यससम्बन्धी काम गरिरहेका संस्था र नीतिनिर्माताबीच प्रत्यक्ष अन्तक्र्रिया भएको थियो।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ, राष्ट्रिय अपाङ्ग महासङ्घ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको महासङ्घद्वारा नेपाल पत्रकार महासङ्घ र मेरो जबडटकमको सहकार्यमा आयोजित सो करिअर एक्स्पोमा रोजगारीमा संलग्न हुन चाहने करिब ५०० अपाङ्गता भएका व्यक्तिको वैयक्तिक विवरण सङ्कलन गरिएको थियो ।
अपाङ्गता भएका नागरिकलाई सङ्गठितरूपमा रोजगारी प्रदान गरिरहेका संघसंस्था र निजी व्यावसायिक प्रतिष्ठानहरूको अनुभव, अपाङ्गता भएका नागरिकको रोजगारी अनुभव, सुविधा वा समस्याहरू, रोजगारीका लागि विद्यमान कानुनी व्यवस्थालगायतका विविध पक्षमा पाँच कार्यसत्रमा रोजगारदाता, नीतिनिर्माता र निजी क्षेत्रका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका नागरिकलाई पनि उनीहरूको शैक्षिक योग्यता, सीप र दक्षताअनुसारको काम दिन राज्य र निजी क्षेत्रले ध्यान दिनुपर्ने र यस्ता नागरिकको कार्यथलो विशेष सुविधायुक्त हुनुपर्नेमा जोड दिइयो ।
लोकसेवा आयोगको परीक्षामा पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई रोजगारीको व्यवस्था गर्ने भनिए पनि सो प्रभावकारी हुन नसकेको, २५ जनाभन्दा बढी कामदार राख्ने कम्पनीमा कम्तीमा एकजना अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिनुपर्ने व्यवस्था पनि प्रभावकारी ढङ्गले लागू हुन नसकेको सहभागीहरूले सो बेला पनि उठाएका थिए ।
अपाङ्गता भएका नागरिकलाई काममा संलग्न गराउँदा सामान्य लगानी थप्नुपर्ने भएपनि त्यसबाट प्राप्त हुने उत्पादकत्व अधिक भएको रोजगारदाताहरूले अनुभव सुनाएका थिए ।
अपाङ्गता रोजगारीका क्षेत्रमा क्रियाशील १५ भन्दा अधिक राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूद्वारा सेवाका अवसरबारे प्रत्यक्ष जानकारी दिइएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासङ्घ (एआइएन)का तर्फबाट करुणा फाउन्डेसनले गैरनाफामुखी संस्थामा अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिइएमा पाँचजनाका लागि एक वर्षको तलबमा विशेष अनुदान दिने घोषणा गरेको थियो भने वाटर एड नेपालले एकजनालाई परामर्शदाताको रोजगारी प्रदान गरेको थियो ।
यस्तै रिड नेपालले नयाँ रोजगारीमा अपाङ्गता भएका व्यक्तिका लागि विशेष प्राथमिकता दिने घोषणा गरेको थियो । हेल्भिटास नेपालले होटल एसोसियसनको सहकार्यमा बहिरापन भएका ३० महिला र २० पुरुषलाई होटलसम्बन्धी प्रशिक्षण प्रदान गर्ने घोषणा गरेको थियो।तर त्यस पछि कार्यहरु बढन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

6 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

6 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

7 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

8 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

13 दिन पहिले