+977 9854027065 | akulpdsah@gmail.com

धनकौलका उखु किसान धर्नामा

6 महीना पहिले प्रकाशित

Akul Prasad Sah

547 Views

सन्जु कर्ण, सर्लाही, 
सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको बाँकी रकम माग गर्दै किसानहरूले आज (आईतबार) देखि धर्ना सुरु गरेका छन् । आर्थिक वर्ष २०७०÷७१ देखिको भुक्तानी बाँकी रहेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । किसानहरूले उद्योग परिसरमै धर्ना दिएका छन् ।
धनकौल गाउँपालिका(४, महिनाथपुरका किसानले अन्नपूर्ण चिनी उद्योगमा २०७४ सालमा बिक्री गरेको उखुको पैसा अझै नपाएको गुनासो गरेका छन् । गत वर्ष उखुको मूल्य तय नहुँदै सञ्चालन भएको उद्योगले प्रतिक्विन्टल २० रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।
घरखर्च टार्न उद्योगमा उखुको भुक्तानीका लागि बारम्बार धाए पनि पैसा नपाएको किसानकोे गुनासो छ । २०८० फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगपतिले २०८१ जेठ मसान्तसम्म भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पैसा नदिएको उखु किसानहरूको गुनासो रहेको छ ।
उखु किसानका अगुवा रामआधार राय यादवले चिनी उद्योगीको बेइमानीविरुद्ध आन्दोलन सुरु गरिएको जानकारी दिनुभयो । आन्दोलित उखु किसानहरूले अन्नपूर्ण चिनी उद्योगले २०७१ सालदेखिको ९ करोड ७० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको दाबी गरेका छन् । तर किसानको बाँकी रकम पुरानो मालिक वा नयाँ मालिक कसले भुक्तानी गर्ने भन्ने विवाद रहेको छ ।
उद्योगपति राकेश अग्रवालले स्थापना गरेको उद्योग २०७७ सालमा अर्का उद्योगपति शैलेन्द्र गुप्ताले खरिद गरेका थिए । गत वर्षको भुक्तानी बाँकी रहेको विषयमा सुरुमा मूल्य कायम नहुँदै मिल सञ्चालन गरिएको र उखुबाट रिकभरीसमेत कम आएकाले किसानलाई भुक्तानी दिन समस्या परेको उद्योगका प्रशासकीय अधिकृत रमेशप्रसाद श्रीवास्तवले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

16 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले