मधेश प्रदेशका संचारकर्मीहरुको स्वास्थ्य र दुर्घटना विमाको बाटो खुल्यो
कमल साह
जनकपुरधाम,पुस १४ गते । मधेश प्रदेशमा कार्यरत संचारकर्मीहरु को स्वास्थ्य र दुर्घटना विमाका लागि शुक्रबार विमा कम्पनी संग सम्झौता भएको छ ।
मधेश प्रदेशमा कार्यरत झण्डै साढे तीन सय संचारकर्मी यस कार्यक्रमबाट लभान्वित हुने अनुमान गरिन्छ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य विमा तथा ७ लाखको दुर्घटना विमा गर्ने योजना बनाएको हो । सो योजना कार्यन्वयनका लागि शुक्रबार सम्झौता सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी को प्रमुख आतिथ्यमा प्राधिकरण र राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग सम्झौता भएको छ ।
पत्रकारहरुको विमा सम्बन्धि सम्पन्न सम्झौता कार्यक्रममा संचारकर्मीहरुबाट सभाकक्ष खचाखच भरिएको थियो ।
जनकपुरधाममा रहेको मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री लेखीले मधेश प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्नुहुँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको बताउनुभयो । उहाँले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको बताउनुभयो ।
उहाँले निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहीद परिवारलाई एक लाखको स्वास्थ्य विमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो ।
जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले लोकतन्त्र तथा गणतन्त्रको पहरेदारको रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास तथा पत्रकार सुरक्षाको लागि प्रदेश सरकारले चालेको कदमको सराहना गर्नुभयो ।
आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव भन्नुहुन्छ,‘ मधेश प्रदेशका आठ वटै जिल्लामा कार्यरत नेपाल पत्रकार महासंघको सिफारिश आधारमा स्वास्थ्य विमा तथा दुर्घटना विमा गरिने छ ।’
उहाँले यसअघि महिलाहरूको स्वास्थ्य विमा गर्दै आएको भए पनि यसपटक ७ सय ३५ पत्रकारहरूको महासङ्घ तथा मिडियाको सिफारिसमा विमा गरिदिने बताउनुभयो ।
उहाँले पत्रकारितामा निरंतर तीन वर्षदेखि कार्यरत संचारकर्मीको स्वास्थ्या विमा र दुर्घटना विमा गरिने बताउनु भयो ।
राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा विमा कम्पनीसँग विमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराउनुभएको थियो ।
पत्रकारहरूको विमाका लागि मधेश प्रदेश सरकारले आवश्यक बजेट विनियोजन चालु आर्थिक वर्षको बजेटमा नै गरेको छ ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको हालै सम्पन्न निर्वाचन अनुसार मधेश प्रदेशमा झण्डै सात सय सदस्य रहेका छन ।
कमेन्ट गर्नुहोस्
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
14 दिन पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
21 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
23 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
5 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
5 महीना पहिले
संवाददाता
