मधेश प्रदेश सरकारले एक हजार छियासी शहीद परिवारको बिमा गर्ने
कमल साह
जनकपुरधाम,पुस २५ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क्रममा शहीद भएका एक सय ८६ जनाको परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्न लागेको छ ।
मधेश गृह संचार मंत्रालयले विभिन्न आन्दोलका शहीद परिवारबाट पाँच जना परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न लागेको छ ।
त्यस्तै मधेश प्रदेशका ८ वटै जिल्लाबाट १ हजार ८१ जना शहीद परिवारलाई यसै आर्थिक वर्षभित्रमा स्वास्थ्य बिमा गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले यहाँ पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । मधेशी शहीद प्रतिष्ठान मार्फत शहीदहरूको तथ्याङ्क सङ्कलन गर्ने काम शुरु भएको शहीद परिवारका पाँज जना सदस्यलाई उक्त बिमामा आबद्ध भएपछि १ लाखसम्मको स्वास्थ्य उपचार गर्न मिल्ने मन्त्री लेखीले जानकारी गराउनुभयो । गृहमन्त्री लेखीले स्वास्थ्य बिमा गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग सम्झौता भएको जानकारी गराउँदै त्यसको शुरुआत अगामी माघ ९ गतेबाट गरिने बताउनु भयो । उहाँले माघ ५ गते प्रदेश सरकारले सामान्य रुपमा बलिदानी दिवस जनकपुरधाम मै मनाउने बताउनुभयो । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले १ हजार ८१ शहीद परिवारका पाँच जना सदस्यको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले स्वास्थ्य बिमा बोर्डलाई प्रति शहीद परिवार ३ हजार ५ सय बिमा शुल्क तिरिदिने भन्नुभयो । उहाँले स्वास्थ्य बिमाको कार्यक्रम यसै आर्थिक वर्षको असार १० गते भित्रमा गरिसक्नु पर्ने प्रावधान भएपनि मधेशी शहीद प्रतिष्ठानको सहयोगमा चाडै शुरुआत गरिने बताउनु भयो । बिमा कार्यक्रममा मधेश आन्दोलन, सशस्त्र आन्दोलन तथा २०६२–०६३ का आन्दोलनमा शहीद भएका परिवारहरू समेटिने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
11 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
21 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
