+977 9854027065 | akulpdsah@gmail.com

वैदेशीक रोजगारीका लागि मधेशबाट १५ लाख ७ हजार युवा युवती बिदेशीए

10 महीना पहिले प्रकाशित

Akul Prasad Sah

478 Views

कमल साह
जनकपुरधाम,माघ ७ गते । रोजगारी खोज्दै मधेश प्रदेशबाट १५ लाख ७ हजार युवा युवती बिदेश पलायन २० वर्षमा भएका छन ।
तर,अगामी दिनमा अझै बढने सम्भावना चालु आर्थिक वर्ष तथ्यांकले देखाईरहेको छ । चालु आ.व.२०८१÷०८२ को ५ महिना (साउन देखि मंसिर)सम्मको तथ्याँकले सो भ्यावह स्थिति देखाई रहेको छ । विदेश पलायन यसरी तिब्रगतिमा हुँदै रहियो भने सिंगो मधेश प्रदेश नै युवा विहिन हुने आशंका विश्लेशज्ञहरु द्वारा हुनथालेका छन ।
मधेश प्रदेशबाट आर्थिक वर्ष २०६३÷०६४ देखि २०८१÷०८२ को मंसिर महिनासम्ममा १५ लाखभन्दा बढि युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका छन ।
चालुआ.व.को पाँच महिनामा पर्साबाट २ हजार ५२, बाराबाट ५ हजार ६४७, रौतहटबाट ५ हजार ३८६, सर्लाहीबाट ८ हजार ८११, महोत्तरीबाट १२ हजार १२, धनुषाबाट १७ हजार ३७३, सिरहाबाट १३ हजार ४५३ र सप्तरीबाट ७ हजार ७८६ सहित जम्मा ७३ हजार ४३६ जना वैदेशिक रोजगारीका लागि पलायन भएका छन् ।
पाँच महिनाको तथ्याँक केलाउँदा सबैभन्दा बढी धनुषाबाट युवा युवतिहरु विदेश पलायन भएको देखिन्छ । त्यसपछि दोश्रो स्थान सिरहाको रहेछ भने तेश्रो स्थानमा महोत्तरी रहेछ । नेपालबाट सबभन्दा बढी युवा युवति विदेश पलायन जिल्लामा धनुष जिल्ला विगत पाँच वर्षदेखि प्रथम स्थानमा रहँदै आएको हो ।
कोविड १९ पछि देशमा आर्थिक अवस्था जर्मराईरहेको ले रोजगारी दिने उद्योगहरु रोजगारबढाउनुको बदमा श्रमीकलाई विस्तारै छटनी गरिरहेका छन । कृषिमा आधारित प्राईभेट उद्योग एभरेष्ट पेपर मिल बन्द भएको छ ।
उद्ययोगहरु प्रायः मृत स्थवस्थामा रहेको ले देशका होनहार नागरिक रोजगारको लागि विदेश पलायन भई रहेका छन । त्यसले गाउँ घरमा हलियाली आएको हो । तर, एकल परिवारका अभिभावक विदेशमा पुग्दा उनिहरुको सन्ततिहरु लागु औषधको कुलतमा पर्ने वृद्धि भईरहेको देखिन्छ । यस तर्फ कस्ले सोच्ने हो भने प्रश्न उठन थालेको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम धनुषाका संयोजक सौरभ कर्ण का अनुसार अहिलेसम्मको तथ्यांकलाई केलाउँदा सबैभन्दा बढि धनुषाबाट ३ लाख ५३ हजार ५१५ जना, त्यसपछि सिरहाबाट २ लाख ७१ हजार ६६५ जना र तेश्रोमा महोत्तरीबाट २ लाख ६५ हजार ३४३ जना विदेश पलायन भएका छन ।
त्यस्तै सप्तरीबाट १ लाख ७८ हजार ५८६ जना, सर्लाहीबाट १ लाख ७५ हजार ६३८ जना, रौतहटबाट १ लाख ३ हजार ६१४ जना, बाराबाट ९८ हजार ८५४ जना र सबैभन्दा कम पर्साबाट ५९ हजार ८३० जनासहित कूल १५ लाख ७ हजार ४५ जना युवायुवतीले विदेशमा आफ्नो पसिना बगाइरहेका छन् ।
सामी का संयोजक कर्णले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशका आठवटै जिल्लाबाट यस अवधिमा कूल १५ लाख ७ हजार ४५ जना युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका हुन् ।
वैदेशिक रोजगार विभाग खाडा भएपछि २०६३ देखि तथ्याँक राख्न लागेको हो । त्यस अनुसार आर्थिक वर्ष २०६३÷०६४ देखि ०७२÷७३ सम्मको अर्थात १० वर्षको तथ्याँक अनुसार पर्साबाट २१ हजार ६६५, बाराबाट ३७ हजार ३६०, रौतहटबाट ३३ हजार १०१, सर्लाहीबाट ६ हजार ४६, महोत्तरीबाट १ लाख १४ हजार ४०३, धनुषाबाट १ लाख ३९ हजार ८८२, सिरहाबाट १ लाख ५ हजार ८८५ र सप्तरीबाट ७२ हजार ८३ जना गरि कूल ५ लाख ८४ हजार ४२५ जना युवायुवतीहरु वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् ।
मित्र धनुषाद्वारा सामी परियोजना संचालन भईरहेको छ । यसवारेमा मित्र धनुषाका कोषाध्य मंजु ठाकुरले विदेश जानेहरुले आफुसंग २२ प्रकारका प्रमाणहरु लिएर जान सल्लाह दिएकी हुन ।
‘सामी’ का परामर्शदाता उमेश कुमार पासवानले विदेश जाने व्यक्तिले पासपोर्ट, भिसा, श्रमस्वीकृत, मेडिकल रिपोर्ट, विमा, कल्याणकारी कोष, एग्रीमेन्ट पेपर, अभिमुखिकरण तालिम प्रमाणपत्र, हवाई टिकटसमेत २२ प्रकारका कागजातहरुको फोटो खिंचेर आफ्नो मोबाईलमा राख्न सल्लाह दिनुहुन्छ ।
उहाँले ठगी,मृत्यु,जेल तथा उद्धार,आर्थिक सहयाता, फरक काम, तलब, स्वास्थ्य लगायतका समस्यामा उक्त कागजातहरुबाट सहयोग हुने बताउनुभयो । विदेश जानुभन्दा अघि एक–एक प्रति कागजात घरमा र संगै पनि लिएर जान उहाँले सुझाब दिनुहुन्छ ।
अप्रवासी श्रमिक संजालका अध्यक्ष दुखरन यादवले दलालहरुको चकरमा परेर विदेशिएका नागरिकहरुले पठाएको रेमिट्यान्सबाट सरकारले सामाजिक सुरक्षा लगायतका कर लिने गरेको हुन्छ । तस्र्थ विदेशमा मृत्यु हुँदा श्रमिक को परिवारलाई क्षतिपुर्ति दिनुपर्ने व्यवस्था गर्न सरकारसंग मांग गर्नुहुन्छ । नेपाल सरकारले अब सात वटै प्रदेशका ४०० पालिकामा सामी कार्यक्रम लागु भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

13 दिन पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

20 दिन पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

22 दिन पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

5 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

5 महीना पहिले