+977 9854027065 | akulpdsah@gmail.com

“शहीद सत्य नारायण मेमोरियल कप“ आजबाट कपिलेश्वरमा सुरु

1 वर्ष पहिले प्रकाशित

Mithila Jagaran

814 Views

सुबोध कुमार राउत,
जनकपुरधाम, ८ गते । शहीद सत्य नारायण शाह स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित “शहीद सत्य नारायण मेमोरियल कप“ प्रथम आमन्त्रित क्रिकेट प्रतियोगिताको खेल आज मंगलबारबाट जनकपुरधामको वडा नं।१६ कपिलेश्वरमा बिधिबत रुपले शुभारम्भ भएको छ ।
खेल कपिलेश्वरको प्रहरी चौकी नजिक रहेको खेल मैदानमा पूर्व उप–प्रधानमन्त्री तथा गृह मन्त्री एवमं नेपाली काँग्रेसका पूर्व केन्द्रिय उप–सभापति माननीय बिमलेन्द्र निधिकोे प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
स्वागत मन्तब्य राख्ने क्रममा स्थानी वडाध्यक्ष रामचन्द्र पंजियारले खेल बाट याहाँका खेलाडीहरुले राम्रो प्रदर्शन गर्दैै गईरहेको बताए । खेलबाट यहाँका नव यूवाहरुले कुलतमा लाग्नुका सट्टा खेलमा लागे भविष्य सुनौलो हुने बिचार राखे ।
त्यस्तै राष्ट्रिय मुक्ति क्रान्तिका केन्द्रिय सदस्य संजय चौधरीले पंचायत कालमा बेपता बाईएको स्थानीय सत्य नारायण साह,एल एन झा लागायतका योद्धाहरुको अवस्था बारे कसैलाई थाहा नहुनु दुखद रहेको बताएका थिए । बिभिन्न काल खण्डमा बिभिन्न पार्टीका सरकार बने पनि साहको अवस्था अज्ञात हुनु चिन्तको बिषय रहेका बताए ।
त्यस्तै, माननीय बिमलेन्द्र निधिले खेल बाट अहिलेका यूवाहरुले ख्याती कमाएको बताउनुभयो । खेलबाट शारीरिक मानसिक र आर्थिक लाभ लिन सक्ने भएकाले आपूmले खेलाढीहरुको भविष्य उज्वल देखिरहेको बताए ।
खेलको उद्घाटन समारोहमा जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज साह, उप मेयर किशोरी साह, वडा नं। १६ का वडा अध्यक्ष राम चन्द्र पंजियार, बस ब्यवसायीका अध्यक्ष मनोज चौधरी उद्योग बाणिज्य संधका पदाधिकारी, संचारकर्मी लगायत स्थानीय बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता शत्रधन श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

1 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले