डा.राउतको गम्भीर पहल, बल्ल पुग्यो प्रतिष्ठान विधेयक संसद्मा रामराजा प्रसाद स्वास्थ्यविज्ञान प्रतिष्ठान भवनका लागि टेन्डर
कमल साह
जनकपुरधाम, माघ १९ गते । सप्तरीको राजविराजमा निर्माणाधीन रामराजा प्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक सङ्घीय संसद्मा पुगेको छ । स्वास्थ्य मन्त्रालयको स्वीकृति र कानुन तथा अर्थ मन्त्रालयको सहमतिपछि शुक्रबार मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि प्रतिष्ठानसम्बन्धी विधेयक सङ्घीय संसद्मा पुगेको हो ।
सङ्घीय संसद्बाट पारित भएपछि गठन आदेशबाट स्थापित प्रतिष्ठानका लागि चिकित्साशास्त्रतर्फ विभिन्न विषय पठनपाठन गराउने बाटो खुला हुनेछ । कानुनी व्यवस्था तथा भौतिक पूर्वाधारका लागि आर्थिक स्रोत सुनिश्चित नगरीकनै गत आम निर्वाचनअघि स्थापना गरिएको भनी बोर्ड झुन्ड्याइको प्रतिष्ठानलाई कानुनी संस्था बनाउन जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा.सिके राउतको पहलमा गठन आदेश जारी गरिएको थियो ।
जनमत अध्यक्ष डा.राउतकै अगुवाइमा अहिले प्रतिष्ठानसम्बन्धी विधेयक संसद्को दैलोमा पुगेको हो । संसद्बाट पारित भएपछि प्रतिष्ठान विभिन्न निर्धारित विषयमा अध्यापन गर्ने औपचारिक संस्थामा परिणत हुनेछ । रामराजा प्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठान पूर्वाधार तयार समितिका अध्यक्ष डा.पशुपति चौधरीले प्रतिष्ठान विधेयकले ऐनको रूप लिएपछि चिकित्साशस्त्रतर्फ स्नातकोत्तर र नर्सिङतर्फ स्नातक तहको पठनपाठन सुरु गर्नेगरी तयारी भइरहेको बताए । उनले नर्सिङतर्फ स्नातक तहसँगै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा विद्यमान फ्याकल्टीलाई उपयोग गरी मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग र हाडजोर्नी विषयमा आगामी शैक्षिक सत्रबाट स्नातकोत्तर पढाउने गरी तयारी थालिएको जानकारी दिए ।
प्रतिष्ठानको भौतिक पूर्वाधारलाई पूर्णता दिन ३० अर्बको गुरुयोजना बनाइएको छ । चालू आर्थिक वर्षमा भने प्रतिष्ठानको पूर्वाधार विकासका लागि सङ्घ सरकारले ४० करोड र मधेश प्रदेश सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधार विकासका ६४ वटा कम्पोनेन्टमध्ये एउटा महत्त्वपूर्ण कम्पोनेन्ट पहिचान गरी मधेश सरकारद्वारा विनियोजित रकमबाट तत्काल निर्माण कार्य सुरु गर्न टेन्डर गरिएको पूर्वाधार विकास कार्यालय सप्तरीका प्रमुख प्रवीण अधिकारीले बताए ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
10 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
12 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
