+977 9854027065 | akulpdsah@gmail.com

मिथिला पंचकोशी परिक्रमा आज विहिवारदेखि उठ्यो

2 महीना पहिले प्रकाशित

Akul Prasad Sah

228 Views

कमल साह
जनकपुुरधाम,फागुन १५ गते । मिथिलामा पंचकोसी परिक्रमा विहिवारदेखि आरम्भ भएको छ ।
पन्द्रह दिनसम्म चल्ने मिथिला पंचकोसी परिक्रमा फागुन १६ गते धनुषाको कचुरी र जनकपुरधामबाट एक साथ उठेर हनुमानगढी पुगेको छ ।
धार्मिकताले ओतपोत रहने मिथिला परिक्रमा व्यवस्थित पार्नको लागि वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदको अगुवाईमा एक वृहत्त छलफल भएको थियो । त्यसमा परिक्रमाका तिर्थालुहरुको सुरक्षित बसोबास, खानेपानी र सहज यात्राको विषयमा छलफल भएको वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले बतउनु भयो ।
अन्य वर्षमा आयोजना हुँदै आएको परिक्रममालाई यसपालि व्यवस्थित पार्नका लागि पहिल्ला भएको कमीकमजोरीलाई हटाउने बताएको छ । माध्यमिक परिक्रमा शुक्रबार जनकपुरबाट कल्याणेश्वर पुग्दैछ ।
फाल्गुण पूर्णिमाका दिन अन्तःगृह परिक्रमा गरेर सम्पन्न हुने मिथिला पंचकोसी परिक्रमामा फागुन २९ गते जनकपुरधाम फर्किने छ ।
मथिलाविहारी र किशोरी जीको डोला विहिवार राति जनकपुरधामको हनुमानगढीमा वास बस्ने छ । परिक्रमामा नांगै खुट्टा सहभागि हुने चलन रहेको छ ।
जनकपुरधाम उप महा नगरपालिका– १५ को हनुमानगढीबाट शुक्रवार विहान परिक्रमा भारतीय क्षेत्र कल्याणेश्वर दोश्रो पडाव विश्राम गर्नेछन । त्यहाँबाट शनिवार फुलहर,आईतवार मटिहानी र सोमवार जलेश्वरमा विश्राम गरिनेछ ।
मिथिलाविहारीको डोला जनकपुरधाम को जानकी मन्दिरबाट ५ कि.मी. उत्तर कचुरी मठबाट उठेकोछ भने किशोरी जीको डोला जनकपुरधामकै अग्नी कुण्डमा रहेको शिया राघव शरणको राम जानकी मन्दिरबाट उठेकोछ । विहिवार मिथिलाविहारीको डोला कचुरीबाट जनकपुरधाम स्थित रत्नसागर मठमा आईपुगेको थियो । त्यहाँ पूजा आरती पश्चात् भोग राग लागेपछि डोला हनुमानगढीको लागि प्रस्थान भएको थियो ।
मिथिलाविहारी जी को डोला र किशोरी जी को डोला जानकी मन्दिर र राम मन्दिरमा आरती उतारेर हनुमानगढी पुगेका छन । परिक्रमा १५ औं दिन चतुदर्शी तिथिमा पुनः यहाँ फर्किने छ र १६ औं दिन अर्थात् पूर्णिमाका दिन ऐतिहासिक सरोवर गंगा सागर, धनुष सागर, अंगराज सर, महराज सागर, रत्नसागर, दुधमती नदीमा स्नान गरेर भगवान रामजानकीको दर्शन पूजन गर्दै अन्तःगृह परिक्रमा गरी सम्पन्न हुनेछ ।
कल्याणेश्वर महादेव राज जनकद्वारा स्थापित रहेको विश्वास गरिन्छ भने फुलहरमा उहाँका कूल देवी गिरिजा माताको संगै फूलवारी रहेको धार्मिक मान्यता रहेको छ । भगवान श्रीराम जी र श्री जानकी जी बीच पहिलो भेंट फूलहरमा भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
त्यस्तै रामजानकीको वैवाहीक सम्बन्धको बेला मटिहानीबाट माटो खनेर ल्याएर विवाह मण्डप अर्थात मडवा निर्माण गरिएको विश्वास गरिन्छ । मटिहानीलाई मृतखनी भन्दै आएको हो । परिक्रमा सोमवार जलेश्वर पुग्नेछ । राजा जनकद्वारा राजधानीको चारवटै कुनामा स्थापित शिवलिंग मध्येको एक जलेश्वरनाथ हो भनि विश्वास गरिन्छ । परिक्रमावासी जलेश्वरनाथ महादेवको दर्शन पूजन गर्ने चलन रहेको छ । त्यसपछि मंगलबार मडई, बुधबार धु्रबकुण्ड पुग्नेछ ।
त्यसपछि कंचनवन,पर्वता, धनुषाधाम, सतोषर, औरही, करुणा, विशोल हुँदै कल्याणेश्वर पुगेर जनकपुरधाम फर्किनेछ । यहाँ चैत्र १ गते अन्तगृह परिक्रमा गरेपछि समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

23 दिन पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

26 दिन पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

26 दिन पहिले

सेतो अण्डा ९६ क्यारेट नष्ट

मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..

28 दिन पहिले

कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन

कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..

28 दिन पहिले