+977 9854027065 | akulpdsah@gmail.com

शहीदनगरमा शिक्षा सुधारका लागि हेल्दी स्कुल

11 महीना पहिले प्रकाशित

Akul Prasad Sah

606 Views

कमल साह
जनकपुरधाम,फागुन १७ गते । शहीदनगर नगरपालिका वार्ड नं ३ शहीदनगर (यदुकूहा) स्थित श्री जनता एकाई उच्च माध्यमिक विद्यालयमा हेल्दी स्कुल कार्यक्रम आयोजना फागुन १३ गतेबाट लागु गरिएको छ ।
मानव जीवनको प्रमुख आधार स्तम्भ रहेको शिक्षा सुधार गर्न उदेश्यले संचालित स्वस्थ विद्यालय “हेल्दी स्कुल” अभियान अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं २ का केहि ग्रामिण भेगका सामुदायिक विद्यालयहरुमा हेल्दी स्कुल कार्यक्रम संचालनमा आएको छ ।
जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवको परिकल्पनामा थालिएको स्वस्थ विद्यालय “हेल्दी स्कुल” कार्यक्रम अन्तर्गत शहीदनगर नगरपालिकाको यदुकुहा गाउँमा स्थापित श्री जनता उच्च माध्यमिक विधालयमा अध्ययनरत सम्पूर्ण वालवालिकाहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरि आवश्यक ओैषधि पनि उपलब्ध गरिएको छ ।
मधेश प्रदेश नीति आयोगका पुर्व उपाध्यक्ष शिक्षा क्षेत्रका धरोहर प्रा डा भोगेन्द्र झाको विशेष उपस्थितिमा सम्पन्न भएको “हेल्दी स्कुल” कार्यक्रममा हेल्दी स्कुल कार्यक्रमका संयोजक डा निरन्जन कुमार गोईत,डा दिपेन्द्र यादव,डा एम के ठाकुर,डा ललिता यादव र डा कृष्णा पाल महतो, डा,श्रृणा रौनियार,डा संतोष यादव, डा रामबाबु यादव सहितका चिकित्सकहरुले वालवालिकाहरुलाई स्वास्थ्य परिक्षण गरेको कुरा प्राधानाध्यपक प्रदीप साहले जानकारी दिएका छन ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा प्रेमि नागेन्द्र मंडलले सहभागी चिकित्सक सहित अतिथिहरुलाई सम्मान गरेका छन ।
त्यसमा प्रा डा भोगेन्द्र झाले जीवनमा शिक्षाको महत्वमाथि प्रकाश पार्दै व्यवस्थापन तर्फ अध्ययनरत वालवालिकाहरुको सुबिधाका लागि ५० थान महत्वपूर्ण किताबहरु विद्यालयलाई सहयोग गरेका छन ।
स्वास्थ्य जांचको क्रममा केहि वालवालिकाहरुको दांत, आँखा र कानमा सामान्य समस्या देखिएको कुरा स्वस्थ विद्यालय “हेल्दी स्कुल” कार्यक्रमका संयोजक डा निरन्जन कुमार गोईतले जानकारी दिएका छन ।
देश र प्रदेशको कर्णधार वालवालिकाहरुलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ पार्न र सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधारसंगै विद्यालयको भौतिक पुर्वाधार विकास, शिक्षक प्रोत्साहन, प्रशिक्षण तथा वालवालिकालाई प्रविधि मैत्री अध्ययन गराउन उदेश्यले सामुदायिक विधालयहरुमा “हेल्दी स्कुल” स्वस्थ विद्यालय कार्यक्रम थालिएको कार्यक्रम संयोजक डा निरन्जन गोईतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

5 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

8 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

22 दिन पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

2 महीना पहिले