+977 9854027065 | akulpdsah@gmail.com

मानव अधिकारवादीको होली मिलन समारोहमा होलीका विकृतिहरु वारेमा चर्चा

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

660 Views

कमल साह
जनकपुरधाम,चैत्र ५ गते । मानवअधिकारवादीहरुको संजालमा लोक पर्व होलीमा देखिएको विकृतिहरु वारेमा चर्चा पाएको छ ।
मानवअधिकारवादीहरुको संजालले प्रदेस्तरीय बैठक गत विहिवार गरेको थियो । बैठक समापन लगतै उनीहरुले लोक संस्कृति पर्व होलीको पूर्वसंध्यामा होली मिलन समारोह आयोजनागरि एक आपसमा शुभकामना आदान प्रदान संगै समाजमा देखिएको विसंगती विकृतिले पनि चर्चा पाएको छ ।
झण्डै दुई दर्जन मानवअधिकारवादी संस्थाहरुको उपस्थितिमा आयोजित होली मिलन समारोहमा होली असत्यमाथि सत्यको विजय हो, होली पर्वले समाजका सबै वर्गामा समता दर्शाने गरेको छ, होलीको रातो रंग र अबिरले हाम्रो बीचमा प्रेम बढाउन सिकाउँछ भने उदगारहरु राखेका छन ।
समारोहमा शुभकामाना बिचार राख्दै वक्ताहरुले होलीमा देखिएको बिभिन्न बिसंगति तथा विकृतिहरुको बारेमा सचेतना जनाउनु पर्ने आवश्यकता रहेको बताएका छन ।
उनिहरुले होलीको नाउँमा रंग अबिरको साटो बिभिन्न खाले पेन्ट लगाउने, शरीरमा लगाएको कपडा च्यातेर असुरी प्रवृति देखाउने, रंग अबिरको ठाउँमा पानी पटाउने तथा हिलो छ्याप्ने लगायतका विकृति बिरुद्धमा बिचार राखेका थिए ।
सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश प्रमुख बुद्धनारायण सहनी,एडभोकेशी फोरम नेपालका अधिवक्ता राजकुमार महासोठ, डब्लु एच आर डी का केन्द्रिय सदस्य अधिवक्ता रेखा झा, एम्नेस्टि इन्टरनेशनल नेपाल समुह ४८ का उपसंयोजक जमुना भुजेल, कयापलटका दिवाकर उप्रेती, एम्नेस्टि इन्टरनेशनल नेपाल समुह ५७ का संयोजक कमल साह,विणा कुमारी सिंह, सरिता शर्मा, संजिब महतो,रंगीला राय, रोजलिन बछार लगायतका वक्ताहरुले होलीको सबैमा शुभकामना मन्तव्य राख्दै बिचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

1 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले