+977 9854027065 | akulpdsah@gmail.com

मानव अधिकारवादीको होली मिलन समारोहमा होलीका विकृतिहरु वारेमा चर्चा

10 महीना पहिले प्रकाशित

Akul Prasad Sah

576 Views

कमल साह
जनकपुरधाम,चैत्र ५ गते । मानवअधिकारवादीहरुको संजालमा लोक पर्व होलीमा देखिएको विकृतिहरु वारेमा चर्चा पाएको छ ।
मानवअधिकारवादीहरुको संजालले प्रदेस्तरीय बैठक गत विहिवार गरेको थियो । बैठक समापन लगतै उनीहरुले लोक संस्कृति पर्व होलीको पूर्वसंध्यामा होली मिलन समारोह आयोजनागरि एक आपसमा शुभकामना आदान प्रदान संगै समाजमा देखिएको विसंगती विकृतिले पनि चर्चा पाएको छ ।
झण्डै दुई दर्जन मानवअधिकारवादी संस्थाहरुको उपस्थितिमा आयोजित होली मिलन समारोहमा होली असत्यमाथि सत्यको विजय हो, होली पर्वले समाजका सबै वर्गामा समता दर्शाने गरेको छ, होलीको रातो रंग र अबिरले हाम्रो बीचमा प्रेम बढाउन सिकाउँछ भने उदगारहरु राखेका छन ।
समारोहमा शुभकामाना बिचार राख्दै वक्ताहरुले होलीमा देखिएको बिभिन्न बिसंगति तथा विकृतिहरुको बारेमा सचेतना जनाउनु पर्ने आवश्यकता रहेको बताएका छन ।
उनिहरुले होलीको नाउँमा रंग अबिरको साटो बिभिन्न खाले पेन्ट लगाउने, शरीरमा लगाएको कपडा च्यातेर असुरी प्रवृति देखाउने, रंग अबिरको ठाउँमा पानी पटाउने तथा हिलो छ्याप्ने लगायतका विकृति बिरुद्धमा बिचार राखेका थिए ।
सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश प्रमुख बुद्धनारायण सहनी,एडभोकेशी फोरम नेपालका अधिवक्ता राजकुमार महासोठ, डब्लु एच आर डी का केन्द्रिय सदस्य अधिवक्ता रेखा झा, एम्नेस्टि इन्टरनेशनल नेपाल समुह ४८ का उपसंयोजक जमुना भुजेल, कयापलटका दिवाकर उप्रेती, एम्नेस्टि इन्टरनेशनल नेपाल समुह ५७ का संयोजक कमल साह,विणा कुमारी सिंह, सरिता शर्मा, संजिब महतो,रंगीला राय, रोजलिन बछार लगायतका वक्ताहरुले होलीको सबैमा शुभकामना मन्तव्य राख्दै बिचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

4 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

18 दिन पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

2 महीना पहिले