जय माँ सरस्वती युवा क्लवद्वारा रक्तदान सम्पन्न
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फागुन २२ गते । धनुषाको सबैला नगरपालिका वडा नं. ११ को इनर्वा स्थित जय माँ सरस्वती युवा क्लवले रक्तदान कार्यक्रम गरेको छ ।
‘रक्तदान जीवन दान’ नाराका साथ गरिएको रक्तदान कार्यक्रममा दुई दर्जनबढी स्थानीयहरुले रक्तदान गरेका छन् ।
क्लवका अध्यक्ष विल्टु राम साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रफिक शेष, देवेन्द्र यादव, कृष्ण कुमार यादव, राम पुकार मण्डल, धीरेन्द्र यादव, रमेश कुमार ठाकुर, रुद्रनारायण यादव सहितका व्यक्तिहरुले रक्तदान गरेका छन् ।
कोरोना जस्ता महामारी रोगको बेलामा नेपाल सरकारले गरेको बन्दाबन्दीमा रक्तको अभावको कारणले आफ्नै गाउँको एकजनाको अवस्था गम्भीर देखेर आफूले प्रत्येक तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको क्लवका अध्यक्ष साहले बताएका छन् ।
उनले भने, ‘एक पोका रक्त दिएमा केही हुँदैन, तर कुनै बिरामीलाई एक पोका रक्तको अभावमा ज्यान समेत ज्याने सम्भावना रहेकोले त्यसलाई मध्यनजर गरी प्रत्येक तीन महिनामा रक्तदान कार्य गर्दै आएका छौं ।’
रक्तदान कार्यक्रममा स्थानीय बुद्धिजीवि, नागरिक समाज, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
मुख्यमन्त्री सिंहको कार्यशैली प्रति गठबन्धनमै असन्तुष..
कमल साहजनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यशैलीबाट सत्तारुढ गठबन्धन ..
5 दिन पहिले
बाह्रौ वनदेवी माई अध्यक्ष गोल्ड कप सम्पन्न ः जनसेबी युवा..
शर्मिला घिमिरे, महोत्तरी, बर्दिबास, कार्तिक २५ गते । वनदेवी माई युवा क्लब बटेश्वर , सीतापुरले आयोजना गरेको बाह्रौ ..
11 दिन पहिले
लोहरपट्टीका अवकाश प्राप्त कर्मचारीहरु सम्मानित
कैलास दास, जनकपुरधामजनकपुरधाम, कार्तिक १९ गते । महोत्तरीको लोहरपट्टी नगरपालिकाका अवकाश प्राप्त कर्मचारीहरुलाई ..
16 दिन पहिले
जनकपुरधाममा अन्नकुट पर्वमय
कमल साहजनकपुरधाम, कार्तिक १५ गते । कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि शनिबार का दिन जनकपुरधाम स्थित का मठ मन्दिरमा ..
18 दिन पहिले
मैथिली साहित्य सृजक अशोक दत्त लाई कर्मयोगी पुरस्कार
कमल साहजनकपुरधाम,कार्तिक ८ गते । मैथिली गीत, फिल्मी कथा एवम् सम्वाद लेखन गर्दै आउनु भएको साहित्यकार अशोक दत्त ‘क..
28 दिन पहिले