+977 9854027065 | akulpdsah@gmail.com

खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निकाय मौन

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1374 Views

धिरेश दत्त
जनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसोकै समयमा खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरिएको पाईएकोछ ।
वन कर्मचारीको गस्ती टोलीले वन क्षेत्रमा अवैध उत्खनन गरिरहेको अवस्थामा ट्याक्टरसहित उत्खननमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएपनि बिहानको समयमा समेत नदीजन्य सामग्री उत्खनन रोकिएको छैन ।
डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले सव डिभिजन वन कार्यालय पुष्पवलपुर र जिल्लाबाट खटिएको संयुक्त गस्ती टोलीले ज १ त ६३७७, ज १ त ४८५६ र मधेश प्रदेश ०२–००१ त–२८७७ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
साथै उहाँले मिथिला नगरपालिका–५, विश्रामपुरका सामैल अछामी, समिर भुजेल र सुन्दरकुमार महरालाई पनि नियन्त्रणमा दिएको बताउनुभयो ।
सिंहले अवैध उत्खनन आरोपमा पक्राउ परेका मानिस तथा प्रयोग भएका सवारीसाधनमाथि आवश्यक थप अनुसन्धान गरी वन ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।
पछिल्लो समय धनुषाको विभिन्न सामुदायिक वन क्षेत्रमा रातिको समयमा अवैध ढङ्गले बालुवा, माटो र अन्य सामग्री उत्खनन हुने क्रम बढेपनि अहिले दिउँसोकै समयमा अबैध उत्खनन भईरहेको पाईएको छ । यस्ता क्रियाकलापले वन क्षेत्रको जैविक विविधता र पर्यावरणमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला तथा स्थानीयले रोकथामको माग गर्दै आए पनि सम्बन्धित निकाय मौन देखिएकोछ भने प्रहरी प्रशासन समेत मुकदर्शक भएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

19 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले