+977 9854027065 | akulpdsah@gmail.com

स्वास्थ्यकर्मी बन्न चाहनु हुन्छ ? ल्याव टेक्निसियन, फिजियोथेरापी र एच.ए.को उत्कृष्ट गन्तव्य कपिलवस्तु टेक्निकल इन्टिच्यूट

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

629 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, असार ३० गते । २१ औं शताब्दी बढ्दो प्रविधिको प्रयोगसँगै पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेका छन् । वि.सं. २०५४ मा स्थापित विगत लामो समयदेखि दक्ष स्वास्थ्यकर्मीहरु उत्पादन गर्दै आएको स्वास्थ्य क्षेत्रमा रुची भएका विद्यार्थीका लागि शैक्षिक सत्र २०८०–८१ का लागि स्वास्थ्य क्षेत्रको ल्याव टेक्निसियन, फिजियोथेरापी र एच.ए. विषयमा कपिलवस्तु टेक्निकल इन्टिच्यूटमा भर्ना खुलेको जनाएको छ ।
सिटिईभीटीले एक सूचना प्रकाशन गरी यही श्रावण १२ गतेसम्म फर्म भर्ने र २४ गते प्रवेश परीक्षाको मिति तोकिएको निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेले बताए ।
केन्द्रीय अध्यक्ष तथा निर्देशक पाण्डेले ३ वर्षे कार्यक्रम अन्तर्गत प्रतिष्ठानमा एच.ए. ल्याव टेक्निसियन र फिजियोथेरापी अध्ययन हुँदै गरेको र सिटिइभीटीले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीले यी विषयहरु अध्ययन गर्न पाउने बताए ।
पाण्डेले स्वास्थ्य क्षेत्रको प्राविधिक विषय अध्ययन गरेमा विदेशिनु नपर्ने र स्वदेशमै सहजै रोजगार पाइने बताए । पाण्डेले भने हामीले राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेको बताउँदै आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास गर्न प्राविधिक शिक्षा अत्यावश्यक रहेको बताए ।
पाण्डेयले हाम्रो अवस्थाको सबैभन्दा जिम्मेवार अहिलेको शिक्षा नै भएको र प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि परेकाले आफूले प्राविधिक शिक्षालाई जोड दिँदै प्रतिष्ठानमा स्वास्थ्य क्षेत्र अन्तर्गत प्राविधिक शिक्षाको अध्यनको सुरुवात गरेको तर सरकारकै निर्णयका कारण बीचमा अध्यापन रोकिएको र पुनः संचालनमा आउन लागेको बताए ।
विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धि प्राविधिक शिक्षा आर्जन गरेमा कोही पनि बेरोजगार बस्न नपर्ने स्वास्थ्यकर्मी मनिषा पौडेल बताउँछिन् ।
मेडिकल ल्याब टेक्नोलोजी (ल्याब असिस्टेन्ट) कार्यक्रम यस तहको प्राविधिकहरूको लागि आवश्यक ज्ञान, सीप र मनोवृत्तिले सुसज्जित मानव स्वास्थ्य प्रयोगशाला सेवाहरूको क्षेत्रमा तल्लो तहको मानव संसाधन उत्पादन गर्न डिजाइन गरिएको हो ताकि त्यस्ता प्राविधिकहरूको माग पूरा गर्न सहयोग पुग्ने ।
विशेष गरी, विभिन्न चिकित्सा प्रयोगशाला परीक्षणहरू जस्तै हेमेटोलोजिकल परीक्षण, बायोकेमिकल परीक्षण, माइक्रोबायोलोजिकल परीक्षण र नेपाल सरकारले व्यवस्था गरेको परजीवी परीक्षणहरूमा केन्द्रित ज्ञान र सीपहरू प्रदान गर्दछ। यसले ब्लड बैंकिङ, प्राथमिक उपचार र सरुवा रोगसँग पनि सम्बन्धित कामहरु गर्न सक्षम हुने ।
मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रम नेपालका विभिन्न स्तरका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य प्रयोगशाला सहायकले गर्नुपर्ने काममा आधारित विषय हो ।
सर्टिफिकेट इन जनरल मेडिसिन वा स्वास्थ्य सहायक कार्यक्रम भनेको सिटिइभीटिसँग सम्बद्ध ३ वर्षको कार्यक्रम हो जसको उद्देश्य ग्रामीण समुदायलाई स्वास्थ्य सेवामा सहयोग गर्न सक्ने मध्यम स्तरका स्वास्थ्यकर्मीहरू उपलब्ध गराउने हो ।
पहिलो वर्ष सामान्य आधारभूत विज्ञानमा केन्द्रित छ भने दोस्रो र तेस्रो वर्ष विशुद्ध रूपमा लागू विज्ञान हो। त्यहाँ जनरल मेडिसिनका विद्यार्थीहरूको लागि फिल्ड एक्सपोजर अस्पताल र आपतकालीन एक्सपोजर छन्। जनरल मेडिसिन पास गरेपछि कुनै पनि अस्पताल नर्सिङ होम र सरकारी तथा गैर सरकारी क्षेत्रका स्वास्थ्य संस्थाहरूमा स्वतन्त्र रूपमा काम गर्न सकिन्छ ।
रोजगारीका सम्भावनाहरू जेनरल मेडिसिन कोर्स पूरा गरेकाहरू बैचलर इन पब्लिक हेल्थ (बीपीएच) र अन्य विषयहरूको प्रवेश परीक्षामा बस्न योग्य हुन सक्छन्, तर एमबीबीएस प्रवेशका लागि योग्य हुन उच्च माध्यमिक शिक्षा बोर्ड (एचएसईबी) द्वारा संचालित विज्ञानको कमी पाठ्यक्रम पूरा गर्न आवश्यक छ ।
पाठ्यक्रम पूरा गरेपछि, व्यक्तिहरू नेपाल स्वास्थ्य व्यावसायिक परिषद् मा दर्ताका लागि योग्य उम्मेदवार बन्नेछन् उनीहरूलाई अस्पताल, नर्सिङ होम, र सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरूमा काम गर्न अनुमति दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

10 दिन पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

13 दिन पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

13 दिन पहिले

सेतो अण्डा ९६ क्यारेट नष्ट

मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..

15 दिन पहिले

कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन

कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..

15 दिन पहिले