+977 9854027065 | akulpdsah@gmail.com

पत्रकार गुप्तामाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाहीको माग

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

711 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
बाँके , असोज २४ गते । पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके पुगेका पत्रकारहरुले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारवाहीको कठघरामा उभ्याउन माग गर्दै ज्ञापन पत्र बुझाए । हतपत गर्ने व्यक्तिहरू दुर्गेश साहु विशाल गुप्ता। दिपेन्द्र यादव लगायत रहेको छ पिडितले बताए ।
पत्रकारका तर्फबाट विभिन्न आस्थागत संगठनका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई बुझाउँदै महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगीन शर्माले सुरक्षित स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउन घटनाका दोषीलाई कारवाही जरुरी भएको औंल्याए ।कार्यक्रममा पत्रकार महासंघका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला सचिव कमल डाँगी, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, रुद्र सुवेदी, पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेल, जिल्ला अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष प्रिया स्मृति ढकाल, प्रदेश महासचिव नविन गिरी, प्रेस सेन्टरका केन्द्रीय सदस्य डक्ट धिताल, जिल्ला अध्यक्ष राजेश आचार्य, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, जिनेपाल एचडीका प्रबन्ध निर्देशक आशिष गुप्ता लगायतले घटनाबारे चिन्ता व्यक्त गर्दै दोषीलाई कारवाही माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

10 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

12 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले