+977 9854027065 | akulpdsah@gmail.com

कपिलवस्तुको भारतीय सीमानाका ४८ घण्टाका लागि बन्द

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1076 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ ११ गते । भारतसँग सिमाना जोडिएका कपिलवस्तुका नाका बन्द भएका छन् । उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।

कृष्णनगर र सुठौली भन्सार सहितका कपिलवस्तु जिल्लाका सीमानाका आज बिहिबार बिहान ६ बजेदेखि बन्द भएका कपिलवस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । जेठ १२ गते बेलुका ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिएका छन् ।

‘दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने प्रचलन अनुसार नै नाका बन्द भएको हो‘, घिमिरेले भने । कपिलवस्तुको ९३ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ।
यसैबीच, भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर कपिलवस्तुका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको बतएको छ। कपिलवस्तुका कृष्णनगर, मर्यादपुर, चाकडचौडा, महाराजगञ्ज लगायतका नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विशेष गरी भारतबाट नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँच कडा बनाइएको छ । लोकसभा चुनाव २०२४ सात चरणमा सञ्चालन भइरहेको छ। पहिलो चरण १९ अप्रिल र अन्तिम चरण १ जुन २०२४ मा सम्पन्न हुनेछ । लोकसभा चुनाव २०२४ को नतिजा ४ जुन २०२४ मा आउनेछ ।

भारतको उत्तर प्रदेशमा मे २५ अर्थात् जेठ १२ गते निर्वाचन हुँदैछ । मे २५ मा हुने छैठौं चरणको लोकसभा चुनावबाट ५७ सिट प्राप्त हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

10 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

21 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले