तस्कर र सशस्त्र प्रहरी नायब उपरीक्षक थापा बिच साटघाट रहेको खुलासा
रंजित चौरसिया, वीरगंज,
वीरगंज बैशाख १७ गते । पर्सा जिल्लामा बढ्दै गएको कोरोना सन्क्रमितलाई निहाल्दै जिल्ला प्रशासन कार्यालय पर्साले बिरगंजमा निशेधाज्ञा जारी गरेपनी केही भ्रष्ट कर्मचारीले सीमा नाकालाइ कमाउ धन्दाको रूपमा प्रयोग गरेको पाइएको छ । बिरगंज शहरमा निशेधाज्ञा जारी रहेपनी सीमा नाकालाइ केही सशस्त्र प्रहरीका कर्मचारीले कमाउ धन्दाको रूपमा प्रयोग गर्दै आएको प्रष्ट भएको हो ।
नेपाल र भारतको सीमा नाका सुरक्षा लगायत सीमामा हुने गतिविधिको बिषयमा सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएपनी केही भ्रष्ट कर्मचारीहरूले सीमा नाकालाइ कमाउ धन्दाको रूपमा प्रयोग गर्दै आएको प्रष्ट भएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिने स्कवाड टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापाको साथ साथै सीमामा खटिने बिओपी प्रमुखहरूको इशारामा पर्सा जिल्लाको सीमा नाका हुँदै निर्वाध रूपले मालसामान आयात निर्यात हुने गरेको पाइन्छ ।
नेपाल र भारतको सीमामा पर्ने श्रीसिया, भन्सार, अलौ, सबैठवा, भिस्वा, सुवर्णपुर लगायतको ठाउहरूबाट स्क्वाड टोलिकै इशारा पाउनसाथ तस्करी कार्य सुचारू भएपनी माथिल्लो निकायको मौनताले प्रश्न चिन्ह खडा गरेको छ । नूनदेखी सुनसम्मको तस्करी हुने ठाउमा स्कवाड टोलिको मौनताले डिएसपी निर्मल थापा माथी शन्काको बिषय उतपन्न भएपनी एउटा अडियो रेकर्डबाट स्कवाड टोलि र तस्कर बिचको साटघाट रहेको बिषयमा प्रमानित गर्दछ ।
स्कवाड टोलिको नामले बढ्दै गएको आतन्कका कारण सर्वसाधारण आजित भएका छन भने तस्कर संगठनको लागि सुनौलो अवसरकै रूपमा रहेको छ । यो समयमा बिरगंजवासी र ग्रामिण भेगमा रातिको समयमा हिडडुल गर्न बन्द भए पश्चात् नुनदेखी सुनसम्मको तस्करी सुरू हुने गर्दछ । माथिल्लो निकायको टोलि लगायत बाहिरको टोलि लाइनमा आएको÷नआएको बिषयमा सशस्त्र प्रहरीले रूटको लाइन समेत हेर्न जाने गरेको प्रहरी श्रोतले जनाएको छ । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
