प्रदेश २ का प्रदेश प्रमुख डाक्टर राजेश अहिराज समाजिक कार्यमा सक्रिय
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, बैशाख १९ गते ।प्रदेश नम्बर दुई का प्रदेश प्रमुख डाक्टर राजेश अहिराज समाजिक कार्यमा सक्रिय भएको छ ।
प्रदेश प्रमुख अहिराजले सिमा आर पार गर्ने देखि लिएर नाका क्षेत्रमा सडकमा हिडडुल गर्ने सवारी साधन देखि पैदलयात्री सम्मलाई रोकेर मास्क प्रयोग प्रति जनचेतना जगाउने काम गरेका छन् ।
पत्रकारिता पृष्ठभुमिका प्रदेश प्रमुख अहिराज मास्क भएका तर मुख र नाक छोपने गरि नलगाएकाहरुलाई त झन सदुपयोगका लागि अग्रह गरे ।
प्रदेश प्रमुख जस्तो प्रदेश नम्बर दुईको पहिलो मार्यादाक्रमको पदमा आसिन भएर पनि प्रदेश २ प्रमुख मास्क लिएर बजार देखि नाका सम्म पुग्न थालेका हुन ।
शनिबार जनकपुरधाम बजार क्षेत्रमा मास्क लगाउन आग्रह र मास्क नभएकालाई मास्क प्रदान गरि लगाउन भनेका प्रदेश २ प्रमुख आइतबार सिमावर्ती नाका सम्म पुगेको छ ।
मास्कको प्रयोेग र त्यसले आफु र समाजका लागि हुने फाइदाका बारेमा समान्य व्यक्ति देखि सवारी चालक सवैलाई स्पष्ट रुपमा बुझाउने अभियानमा लागि परेका उनी सिमावर्ती नाका सम्म पुगेर यस्तो जनचेतना जगाउनुलाई सकारात्मक रुपमा हेरिएका छन् ।
प्रदेश प्रमुख नाकामा भइरहेको सुरक्षा सचेतना र हेल्थ डेस्क सहितको विभिन्न गतिविधीहरुको समेत अवलोकन र निरिक्षण गरेको जानकारी गराए ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
