पत्रकार महासंघ प्रदेश २ द्वारा प्रदेश सरकारलाई ज्ञापनपत्र
कैलास दास, जनकपुरधाम
जनकपुरधाम, बैशाख ३० गते । नेपाल पत्रकार महासंघ प्रदेश २ ले प्रदेश २ को सरकारलाई पत्रकारहरुको विभिन्न समस्यालाई लिएर विहिवार ज्ञापन पत्र बुझाएको छ ।
पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको नेतृत्वमा गएको टोलीले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रका बोधार्थ प्रदेश २ का मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय समिति तथा प्रदेश २ का सबै जिल्लालाई गरिएको हो ।
समाचार संकलनको क्रममा कोरोना संक्रमित भई मृत्यु भएका पत्रकार मनोज कुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने, संक्रमित पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्थापन हुनुपर्ने ज्ञानपपत्र मार्फत माँग गरेका छन् ।
त्यसैगरी कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा जनतालाई सुसूचित गराउने उद्देश्यले ज्यान जोखमिमा राखेर समाचार संकलन, सम्पादन, सम्प्रेषण र प्रसारण कार्यमा संलग्न सम्पूर्ण सञ्चारकर्मीहरुका लागि सुरक्षा सामाग्रीको व्यवस्थापनको माँग समेत गरेको छ । त्यस्तै कोभिड १९ संक्रमणको कारण प्रभावित भएका सञ्चारसंस्थाहरुको विशेष राहत र सम्पूर्ण सञ्चारसंस्थाहरुलाई कोभिड १९ महामारी नियन्त्रण सम्बन्धी विज्ञापनका साथै अन्य लोक कल्याणकारी विज्ञापन उपलब्ध गराई दिन विज्ञप्तिमा उल्लेख रहेको छ ।
यता ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले पत्रकारहरुको माँग छिट्टै सम्बोधन हुने अश्वासन दिंदै त्यसका लागि प्रदेश सरकारले अघिदेखिनै कार्य गरिरहेको बताएका छन् । उनले भने, ‘ज्ञापनपत्रमा उल्लेख केही माँगहरुको बारेमा प्रदेश सरकारले अघि नै निर्णय लिई सकेको र केही माँग छिट्टै सम्बोधन हुनेछ ।’
ज्ञापनपत्र बुझाउन प्रदेशका उपाध्यक्ष ज्योति झा, सदस्य कैलास दास, संजय राउत, अजय साह, हदिस खुद्दार, प्रतिभा झा गएका थिए ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
13 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
24 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
