नेपालबाट भारततर्फ लैजाँदै गाँजा नेपाल सशस्त्र प्रहरी द्वारा बरामद
रंजित चौरसिया, वीरगंज,
वीरगंज जेष्ठ ४ गते । बारामा सशस्त्र प्रहरीले लागू औषध गाजा ३० के.जी. बरामद गरेको छ । पचरौता नगरपालिका वडा नंम्बर – १ मुसर बस्तीमा मंगलबार बिहानको समयमा गाँजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. पिपरपातीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक कमल पन्थीको कमाण्डमा खटिएको पैदल गस्ती टोलीलाई देख्ना साथ नेपालबाट भारततर्फ लैजादै गरेको १० के.जी. को ३ पोका अबैध गाँजा बरामद गरीएको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराका कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताएका छन् ।
तयारी गाँजाको पोका बनाई बिहानको समयमा टाउकोमा बोकी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात गाँजा सोही स्थानमा छाडी ब्यक्ति फरार भएको उनले बताए ।
खेतको बाटोबाट तस्करी भईरहेको सुचना प्राप्त भए पश्चात बि.ओ.पि.हरुमा पैदल गस्ती, साईकल तथा मोटर साईकलमा सिमा नाकाहरुमा निगरानी गर्न निर्देशन दिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी गराएका छन् । सिमा नाकाहरुमा कोरोना भाईरसले बन्द रहेको अवस्थामा सिमा नाकामा हुने तस्करीलाई निस्तेज गरी निगरानी बढाएको उनले दाबी गरेका छन् ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
19 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
30 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
