+977 9854027065 | akulpdsah@gmail.com

दक्षिण एसियाः घातक रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणसँग जुध्नका लागि तत्काल गम्भीर कदम चाल्न आवश्यक – एम्नेस्टी इन्टरनेसनल

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2440 Views

कमल साह, जनकपुरधाम
जेष्ठ ८ गते । दक्षिण एशियाका देशहरुमा जुन प्रकारले कोभिड–१९ संक्रमण पैmलिरहेको छ । त्यसमाथि एम्नेस्टी इन्टर नेशनले गम्भिर भएई वैशाख ३० गते एक समाचार आफ्नो संजालमा प्रसारण गरेको छ । जो यस प्रकार रहेको छ ः– दक्षिण एसियाका सरकारहरूले स्वास्थ्य सेवासम्बन्धी अभावहरूलाई तत्काल संबोधन गर्नुपर्दछ र यस क्षेत्रमा कोभिड–१९ को तिब्र सङ्क्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीहरूलाई सुदृढ पार्नु पर्दछ, एम्नेस्टी इन्टरनेसनलले भन्यो ।
भारत र नेपालको स्वास्थ्य प्रणाली टुट्ने विन्दुमा पुगेपछि दक्षिण एसियाका अन्य देशहरूमा भाइरसको पछिल्लो र घातक फैलावटलाई सामना गर्ने सवालमा देखिएको तयारीपनको अभावप्रति यस मानवअधिकार संस्थाले आफ्नो चासो व्यक्त गरेको छ । दक्षिण एसियामा विद्यमान अत्यन्तै न्यून खोपको दरले पनि यस क्षेत्रलाई अत्यन्तै जोखिमतामा पुर्याएको छ । त्यसैले खोपमा समान पहुँच सुनिश्चित गर्नका लागि विश्वव्यापी रूपमा दबाबमूलक कार्यहरूको खाँचो रहेको छ ।
भारत र नेपालमा जुन खालको मानव विपत्ति देखापरिरहेको छ यसले यस क्षेत्रका अन्य देशहरूलाई सङ्कटकालीन प्रतिकार्यका उपायहरूका लागि ठूलो लगानी गर्नका लागि एउटा चेतावनीको काम गरेको छ । भाइरस डरलाग्दो गतिमा फैँलदै सीमानाहरू पार गरिरहेको छ र यसले यस क्षेत्रका सबैभन्दा सीमान्तकृत जनसङ्ख्यालाई सबैभन्दा बढी कठोर रूपमा आक्रमण गर्न जारी राख्नेछ, एम्नेस्टी इन्टरनेसनलका एसिया प्यासिफिक निर्देशक यमिनी मिश्रले भनिन्।
‘हामी गम्भीर अवस्थामा रहेका छौँ। यस क्षेत्रका दशमा एकजना भन्दा कम मात्रले खोप लगाएका छन् । आगामी दिन र हप्ताहरूमा दक्षिण एसिया र विश्वका अन्य मुलुकका सरकारहरूले लिने निर्णयहरू कोभिड सङ्क्रमणमा भएको यो पछिल्लो वृद्धिबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि महत्त्वपूर्ण हुनेछन् ।
विश्व जनसङ्ख्याको एक चौथाईको बसोवास भएको दक्षिण एसिया एकदम छिटो कोभिड–१९ महामारीको नयाँ वैश्विक केन्द्रविन्दु बनिरहेको छ । वैशाख २३ गते भारतमा एकै दिन चार लाख भन्दा बढी नयाँ सङ्क्रमित हुन पुगे र त्यस समय भारतमा जम्मा सङ्क्रमितको सङ्ख्या दुई करोड १५ लाख हुन पुगेको थियो । महामारीले भारतलाई तहसनहस पारिरहँदा दक्षिण एसियाका थुप्रै देशहरूमा पनि सङ्क्रमणमा तीब्र वृद्धि भइरहेको छ ।
भारतसँग खुला सीमा जोडिएको नेपालमा सङ्क्रमणमा तीब्र वृद्धि हुन सुरू भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको आङ्कडाअनुसार दैनिक सङ्क्रमित केस ३०३ बाट ३० गुणा बढेर ९,३१७ पुगेको छ । अर्थात चैत्र ३० देखि वैशाख २९ बीचमा यो २,९७५% को वृद्धि हो। यही मङ्लगबार मात्र नेपालमा ९,३१७ नयाँ केसहरू फेला पर्यो र कुल सङ्क्रमितको सङ्ख्या ४१३,१११ पुग्यो ।
भारतले अक्सिजनको निर्यातमा रोक लगाएपछि नेपालले अतिरिक्त आपूर्ती व्यवस्था मिलाउन सङ्घर्ष गरिरहेको छ । यस अवस्थालाई थप गम्भीर पार्नेगरी नेपालमा यतिखेर राजनीतिक उथलपुथल भइरहेको छ। प्रधानमन्त्रीले भर्खरै विश्वासको मत गुमाएका छन् र राजनीतिक दलहरूले अर्को सरकार गठन गर्न सकिरहेका छैनन् ।
‘हामीले अक्सिजन, अस्पतालमा शैयाहरू, मानव संशाधन र अत्यावश्यक औषधीहरूको अभावले कसरी भारतको कम श्रोतसाधनमा चलिरहेको स्वास्थ्य सेवाका प्रतिकार्यहरूलाई नाजुक अवस्थामा पुर्याइदिएको छ भन्ने देखिसकेका छौँ । अब नेपालमा यस्तै चिन्ताजनक अवस्था देखापर्दैछ, यमिनी मिश्रले भनिन् ।
‘नेपालका राजनीतिज्ञहरूले राजनीतिक झगडा र आन्तरिक कलहमा अल्झिने समय होइन यो । अहिले यतिखेर देशमा चुलिँदो यो सङ्कटलाई संबोधन गर्नका लागि एकता र नेतृत्वको खाँचो छ ।
गत वर्ष दोश्रो लहरको भाइरसको अनुभव गरेपछि पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्कामा पनि सङ्क्रमण तीब्र गतिमा बढिरहेको छ । नयाँ भारतीय प्रकारको कोरोना भाइरस श्रीलङ्का र बङ्गलादेशमा पनि देखा परिसकेको छ र अधिकारीहरूले सीमाना बन्द गर्नुका साथै भारतबाट यात्रीहरूलाई प्रवेशमा रोक लगाएका छन् ।
बङ्गलादेशमा अप्रिलको सुरुवाततिर दैनिक ७,२०० सम्म पुगेको उच्च सङ्क्रमण दर घट्न सुरु हुनुअघिबाटै लगाइएको देशव्यापी बन्दाबन्दी (यिअपमयधल ) का बाबजुत पनि सर्वसाधारणको आवतजावतमा रोक लगाउन र सङ्क्रमणदरलाई नियन्त्रण गर्न सङ्घर्ष गर्नु परिरहेको छ । त्यहाँको स्वास्थ्य निर्देशनालयले इद पर्वको आसपास हुन सक्ने जनताको आम आवतजावतले अवस्थालाई थप जटिल बनाउन सक्ने चासो व्यक्त गरेको छ । इद पर्वका बेलामा कोभिड–१९ को सङ्क्रमणमा हुन सक्ने वृद्धिलाई रोक्नका लागि पाकिस्तानी अधिकारीहरूले यात्रामा क्रमिक रूपमा कडाइ गर्न थालेका छन्। अफगानी सरकारले भने अहिलेसम्म आफ्नो सार्वजनिक स्वास्थ्य मन्त्रालयले लकडाउन गर्न दिएको सुझावलाई बेवास्ता गरिरहेको छ ।
स्वास्थ्य सुरक्षा र सम्बन्धित क्षमताहरूलाई सुदृढ बनाऊ
सञ्चार माध्यममा आएका प्रतिवेनहरूका अनुसार पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र नेपालका अस्पतालहरूमा सघन उपचार कक्षहरू पूर्ण रूपमा भरिएका छन् वा क्षमताबाहिर पुग्ने अवस्थामा रहेका छन्। विश्व बैङ्कको अनुसार दक्षिण एसियामा प्रत्येक एक लाखका लागि ०.६ को सङ्ख्यामा अस्पताल शैयाहरू रहेका छन्। जबकी उच्च आय भएका देशहरूमा प्रत्येक लाखका लागि पाँच शैयाहरू रहेका छन्। उच्च गरिबी दर, कमजोर स्वास्थ्य पुर्वाधार, विपन्न सामाजिक आर्थिक अवस्था, अपर्याप्त सामाजिक सुरक्षा प्रणाली, पानी र सरसफाई सुबिधामा सीमित पहुँच र बसोवासका लागि सीमित ठाउँका कारण यस क्षेत्रका दशौँ लाख मानिसहरूको जीवन भाइरसको नयाँ लहरबाट जोखिममा रहेको छ ।
‘यो रोगले यस क्षेत्रको पहिल्यैदेखि नाजुक अवस्थाको स्वास्थ्य सेवाको अवस्थालाई थप जटिल बनाइदिएको छ । यो बेला दक्षिण एसियाका सरकारहरूले पहिले भन्दा पनि अझ गम्भीर रूपमा बिरामीको भारलाई व्यवस्थापन गर्न, अत्यावश्यक सेवाहरू सुचारू राख्न र महामारीको सामाजिक र आर्थिक प्रभावलाई घटाउनका लागि आकस्मिक वृद्धि क्षमता (कगचनभ अबउबअष्तथ) को विकासका लागि संयन्त्र निर्माण गर्नुपर्दछ, यमिनी मिश्रले भनिन्।
‘यसैगरी, सबैलाई समान स्वास्थ्य सेवा प्रदान गरेर राज्यहरूले उच्च जोखिममा रहेका दैनिक ज्यालादारीमा आश्रितहरू, बन्दीहरू, शरणार्थीहरू र आन्तरिक रूपमा विस्थापितलगायतका सीमान्तकृत र कमजोर समूहहरूको मानवअधिकारको संरक्षणमा ध्यान दिन जरुरी छ । स्वास्थ्य सुविधाहरू बिना कुनै भेदभाव सबैका लागि उपलब्ध, मूल्यसुलभ र पहुँचयोग्य भएको सुनिश्चित गर्न उनीहरूले प्रभावकारी कदमहरू चाल्नुपर्दछ, उनले थपिन् ।
खोपमा समान पहुँचका लागि अन्तर्राष्ट्रिय सहयोग
जनवरी अन्तिम तिरदेखि बंगलादेश, नेपाल र श्रीलंकालगायतका देशहरूले भारत र अन्य देशहरूबाट अनुदान स्वरूप र व्यापारिक सम्झौताको माध्यमबाट खोपहरू प्राप्त गर्न थाले। चालु सङ्कटका बीचमा भारतले घरेलु आवश्यकताहरूलाई प्राथमिकता दिनका लागि २४ मार्चमा खोपको निर्यातलाई अस्थायी रूपमा रोकेको छ । यसले दक्षिण एसिया क्षेत्रमा खोपको आपूर्तिमा गम्भीर कमी हुन पुगेको छ । दक्षिण एसियाभरी खोप दर एकदम कम रहेको छ– पाकिस्तानमा,०.९ प्रतिशतले मात्र खोपको पहिलो डोज लगाएका छन्।
महामारीले दक्षिण एसिया क्षेत्रालाई तहसनहस बनाइरहेको सन्दर्भमा जीवन बचाउने चिकित्सा उपकरणहरू प्रदान गरेर र खोपको उत्पादन र आपूर्तिमा अवरोध पार्ने कानुनी अनिश्चितता र व्यवधानहरूलाई हटाएर ऐक्यबद्धता प्रदर्शन गर्न र आफ्नो मानवअधिकारप्रतिको दायित्व पूरा गर्न तथा आवश्यक सहयोग प्रदान गर्न एम्नेस्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दछ ।
‘यस क्षेत्रका जनसंख्यालाई खोप लगाउनका लागि पहिल्यैदेखि संघर्षरत रहेको अवस्थामा पछिल्लो समयमा कोभिड सङ्क्रणमा भइरहेको नयाँ वृद्धिले ठूलो चुनौती खडा गरेको छ । यस सङ्कटको समयमा अन्तर्राष्ट्रिय समुदायले एक ठाउँमा उभिएर खोपमा समान पहुँच सुनिश्चित गरेर र स्थानीय रूपमा खोप उत्पादनका लागि आवश्यक स्रोत र प्रविधिको स्थानान्तरणलाई प्राथमिकता दिएर दक्षिण एसियाली मुलुकहरूलाई सहयोग पु¥याउनुपर्दछ, यमिनी मिश्रले भनिन्।
सम्पर्क ः–
Michael.Parsons@amnesty.org

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिए

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । जनकपुरधाममा रहेको रामानन्दचोकको होटल होलिडे एण्ड गेष्ट हाउसमा..

3 दिन पहिले

मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृ..

3 दिन पहिले

कमिशनको मातमा रहेका प्रमुख महतो खुशीको जिवन बिताउनमा मस..

रंजित चौरसिया, वीरगंज ८ बैशाख । पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य..

6 दिन पहिले

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

13 दिन पहिले

कविता : नववर्षको शुभकामना

      कविता नववर्षको शुभकामना   लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     रहौ खुशी रहौं हर्ष ।आनन..

13 दिन पहिले