कोरियाली प्रायद्विपमा शान्तिको खोजी, उत्तर कोरियाका सरकार प्रमुख दक्षिण कोरिया जाँदै
2 वर्ष पहिले प्रकाशित
Akul Prasad Sah

उत्तर कोरियाका सरकार प्रमुख किम योङ नामले यसै साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् ।
उनको यो भ्रमणले उत्तर कोरिया कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्न प्योङयाङ इच्छुक रहेको संकेत गरेको आम टिप्पणी छ । दक्षिण कोरियाले पनि उत्तरबाट उच्चतहको प्रतिनिधिमण्डलको सहभागिताका लागि आग्रह गरेको थियो । अन्य कतिपयले भने उत्तर कोरियाको यो निर्णयलाई नै आणविक कार्यक्रम रोक्ने उसको चाहना भएको भन्न नमिल्ने बताएका छन् ।
विन्टर ओलम्पिक्सको उद्घाटन समारोहमा उत्तर कोरियाका तर्फबाट उच्चस्तरीय प्रमण्डल दक्षिण कोरिया जाने भएको हो । उक्त खेलकुद समारोहमा दुबै कोरियाले एउटै झण्डा मुनि मार्च गर्नेछन् । दुई कोरियाबीच यसले सकारात्मक वातावरण बनाउने टिप्पणी गरिएको छ । ९० बर्षका किम योङ नामले उत्तर कोरियाका तीन शासकसँग देखेका छन् । उनी उत्तर कोरियाका सेरेमोनियल प्रमुख हुन् । प्योङयाङस्थित बिदेशी राजदुतहरुले उनलाई ओहोदाको प्रमाणपत्र पेश गर्छन् ।
उनी सन १९९८ देखि उत्तर कोरियाको संसद सुप्रिम पिपुल्स एसेम्ब्लीका अध्यक्ष रहँदै आएका छन् । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको सट्टामा यी सेरेमोनियल प्रमुख बिदेश भ्रमणमा जान्छन् । सन २०१७ मा इरानका राष्ट्रपति हसन रुहानीको दोश्रो कार्यकालको आरम्भमा सहभागि हुन उनले इरानको भ्रमण गरेका थिए । रुसा सन २०१४ मा भएको विन्टर ओलम्पिक्समा पनि उनी सहभागि भएका थिए ।
आम जनता पार्टी सर्लाहीको इन्चार्जमा रानाभाट
सन्जु कर्ण, सर्लाही, सर्लाही, जेष्ठ १२ गते । प्रभु साह नेतृत्वको आम जनता पार्टी सर्लाहीको जिल्ला इन्चार्जमा दीपक क..
2 वर्ष पहिले
सदगुरु, समाजवाद र प्रचण्ड
एउटा प्रसंगमा नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री पुष्पमकमल दाहालले खाली समय..
2 वर्ष पहिले
क्यान्सर रोगको उपचार होमियो पैथ पद्धतिमा फेला प¥यो
कमल साहजनकपुरधाम, जेष्ठ ९ गते । क्यान्सर रोग को उपचार होमियो पैथ पद्धतिमा पनि फेला परेको छ । होमियो पैथी चिकित्सक ..
2 वर्ष पहिले
आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले कपिलवस्तुका उखु कि..
प्रिंन्स मिश्रा, कपिलवस्तुकपिलवस्तु, जेष्ठ ६ गते । कपिलवस्तुका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन । श..
2 वर्ष पहिले
हिन्दु महिलाहरु बटसावित्री पर्व मनाइदै
कमल साहजनकपुरधाम,जेष्ठ ५ गते । हिन्दु नरनारीले शुक्रबार पतिको दीर्घायु तथा सफल दाम्पत्य जीवनको लागि बट सावित्री ..
2 वर्ष पहिले
कमेन्ट गर्नुहोस्