बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अदालतबाटै पक्राउ, ५ वर्ष जेल सजाय
२५ माघ, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेतृसमेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ ।
बच्चाहरुका लागि विश्वभरबाट संकलन गरिएको एक करोड ६१ लाख दुरुपयोगको अभियोगमा उनी दोषी ठहर भएकी हुन् । फैसला सुनाउँदा उनी अदालतमै उपस्थित थिइन् ।
जेल जाने क्रमा गहभरी आँसु बनाएकी उनले आफन्तलाई चिन्ता नगर्न र हिम्मत नहार्न आग्रह गरेकी थिइन् । आफूमाथि राजनीतिबाट प्रेरित भएर आरोप लगाइएको भन्दै उनले आफू फर्किएर आउने बताएको डेलिस्टारले जनाएको छ ।
ढाकास्थित एक अदालतमा फैसला सुनाउने क्रममा न्यायाधीशले भनेका छन्, ‘उनीविरुद्ध लागेको आरोप प्रमाणित भएको छ र, उनको सामाजिक र शारीरिक स्थितिलाई मध्यनजर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको छ ।’
फैसला सुनाउनुअघि नै अदालत बाहिर उनका हजारौं समर्थक जम्मा भएका थिए, जसलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास हानेको थियो ।
अदालतले जियाका चार सहयोगीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
6 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
