+977 9854027065 | akulpdsah@gmail.com

प्रदेश सरकारद्वारा पत्रकारहरुलाई सुरक्षा समाग्री हस्तान्तरण

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1120 Views

कैलास दास, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ १० गते । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँका पत्रकारहरुलाई सोमवार सुरक्षा समाग्रीहरु उपलब्ध गराएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले नेपाल पत्रकार महासंघ प्रदेश २ समितिलाई र आठवटै जिल्लाका कार्य समितिलाई थर्मोगन एकथान, अक्सिमिटर एकथान हस्तान्तरण गरेका छन् । त्यस्तै एकजना पत्रकारलाई सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुईवटा बोतल, ग्लोभ्स २ वटा, फेस शिल्ड २ वटा हस्तान्तरण गरेका हुन ।
कोभिड १९ को संक्रमण हुनबाट जोगाउने उद्देश्यका साथ मिडिया काउन्सिल मार्फत आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लाका पत्रकारहरुलाई सो सामाग्री उपलब्ध गराएको हुन ।
मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मन्त्री यादव मार्फत सो सामाग्री नेपाल पत्रकार महासंघ २ का अध्यक्ष राजेश कर्ण र धनुषा उपाध्यक्ष अवधेश कामतलाई हस्तान्तरण गराएका हुन ।
सुरक्षा समाग्री हस्तान्तरण गर्दै मन्त्री यादवले भने, ‘फ्रन्टलाईमा कार्य गर्ने पत्रकारहरुको सुरक्षाको दायित्व समेत प्रदेश सरकारको रहेको छ । यो समाग्री पर्याप्त छैन, तर आउने दिनमा पनि सहयोग रहनेछ ।’ कोरोना रोगबाट दुईजना पत्रकारको मृत्यु भएको परिवारजनलाई मन्त्री परिषद्को बैठकबाट राहत उपलब्ध गराउने मन्त्री यादवले अश्वासन समेत दिएका छन् ।
यता मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले पहिलो चरणमा यी समाग्रीहरु ८ सय पत्रकारहरुलाई दिइने जानकारी गराएका छन् ।
स्मरणीय के छ भने केही दिन अघि नेपाल पत्रकार महासंघ प्रदेश समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सुरक्षा समाग्रीको माँग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले