प्रदेश सरकारद्वारा पत्रकारहरुलाई सुरक्षा समाग्री हस्तान्तरण
कैलास दास, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ १० गते । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँका पत्रकारहरुलाई सोमवार सुरक्षा समाग्रीहरु उपलब्ध गराएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले नेपाल पत्रकार महासंघ प्रदेश २ समितिलाई र आठवटै जिल्लाका कार्य समितिलाई थर्मोगन एकथान, अक्सिमिटर एकथान हस्तान्तरण गरेका छन् । त्यस्तै एकजना पत्रकारलाई सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुईवटा बोतल, ग्लोभ्स २ वटा, फेस शिल्ड २ वटा हस्तान्तरण गरेका हुन ।
कोभिड १९ को संक्रमण हुनबाट जोगाउने उद्देश्यका साथ मिडिया काउन्सिल मार्फत आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लाका पत्रकारहरुलाई सो सामाग्री उपलब्ध गराएको हुन ।
मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मन्त्री यादव मार्फत सो सामाग्री नेपाल पत्रकार महासंघ २ का अध्यक्ष राजेश कर्ण र धनुषा उपाध्यक्ष अवधेश कामतलाई हस्तान्तरण गराएका हुन ।
सुरक्षा समाग्री हस्तान्तरण गर्दै मन्त्री यादवले भने, ‘फ्रन्टलाईमा कार्य गर्ने पत्रकारहरुको सुरक्षाको दायित्व समेत प्रदेश सरकारको रहेको छ । यो समाग्री पर्याप्त छैन, तर आउने दिनमा पनि सहयोग रहनेछ ।’ कोरोना रोगबाट दुईजना पत्रकारको मृत्यु भएको परिवारजनलाई मन्त्री परिषद्को बैठकबाट राहत उपलब्ध गराउने मन्त्री यादवले अश्वासन समेत दिएका छन् ।
यता मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले पहिलो चरणमा यी समाग्रीहरु ८ सय पत्रकारहरुलाई दिइने जानकारी गराएका छन् ।
स्मरणीय के छ भने केही दिन अघि नेपाल पत्रकार महासंघ प्रदेश समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सुरक्षा समाग्रीको माँग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
