प्रदेश २ को मन्त्री परिषदमा काँग्रेसबाट तीन मन्त्रीले लिए सपथ तर नेकपा प्रचण्ड पक्षले गरे अस्वीकार
कमल साह
जनकपुरधाम, जेठ २६ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार आज सांझा गर्नु भएको छ । त्यसमा नेपाली काँग्रेस बाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गर्नु भएको छ भने प्रचण्ड पक्ष को नेकपा ले अस्वीकार गरिदिए को छ ।
नव नियुक्त मन्त्रीहरुमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र विरेन्द्र प्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।
नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले आजै सपथ ग्रहण गराउनु भएको हो ।
नेकपा माओवादी केन्द्र जसपा नेतृत्वको प्रदेश २ सरकारमा जानबाट अस्वीकार गरिदिए को छ । वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका प्रदेश सभा सदस्य जगत यादवले हाम्रो पार्टी लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी नहुने जानए का छन ।
उहांले हामी दुईवटा मन्त्रालय मागेका थियौं तर एउटा त्यो पनि कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय मात्र दिने भनेर सरकारले भने पछि हामी सरकारमा नजाने निर्णय गरेर वार्ता बाट बाहिरिए को जनाए का छन ।’
उहांले आफूहरुलाई अपमानजनक व्यवहार भएकाले सरकारमा जाने कुरा अब नहुने बताउनु भयो । यसअघि जसपाले माओवादीलाई दुई मन्त्रालय दिने अनौपचारिक सहमति गरेको थियो । तर एकाएक हाल आएर एक मन्त्रालय मात्रै दिने भनिएपछि हामी पछि हटेको उहाँ ले थप्नुभयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
